वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयोजनमा यार्तुङ

फाइल तस्बिर
सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बसोबास गर्ने विभिन्न समुदायको आफ्नै रहनसहन, भेषाभूषा र सांस्कृतिक विविधता छ । यसको उदाहरण हो ‘यार्तुङ’। यहाँका विभिन्न समुदायले यस पटक एउटै थलोमा यार्तुङ मनाउने भएका छन् ।
सदियाैंदेखि मनाइँदै आएको यार्तुङ महोत्सव गाउँपालिकाको संयोजनमा हुँदै छ । यातुङ नजिकिंदै गर्दा गाउँपालिकाले यसको तयारीसमेत थालेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउने उद्देश्यले परम्परागत यार्तुङलाई महोत्सवका रुपमा विकास गर्न गाउँपालिका लागेको हो । यसका लागि गाउँपालिकाले सरोकारवालासँग अन्तक्र्रिया पनि गरेको छ ।
यसअघि यार्तुङ महोत्सव मुक्तिनाथको जनप्रिय युवा क्लबले आयोजना गथ्र्याे । जनप्रतिनिधि, कर्मचारी, जनप्रिय युवा क्लब, १९ वटै गाउँका मुखिया र सरोकारवालाले यार्तुङ संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेका छन् । वारागुङका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा ७१ सदस्यीय यार्तुङ मुल आयोजक समिति गठन भएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यार्तुङ वारागुङका स्थानीयको मौलिक पर्व भएको अध्यक्ष गुरुङको भनाइ छ । मेलाबाट स्थानीय उत्पादन प्रर्वद्धन, धर्म, संस्कृति र परम्परा संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।
यस पटक उल्लेख्य सहभागिताका लागि युवा क्लब, पुराङवासी तथा १९ वटै गाउँका युवा सम्मिलित उपसमितिसमेत गठन गरिने भएको छ । गाउँपालिकाका सबै गाउँलेले यार्तुङ महोत्सवमा सांस्कृतिक झाँकी, घोडा दौड र परम्परागत मौलिक सभ्यता प्रदर्शन गर्ने प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।
यार्तुङ महोत्सव वर्सेनि जनैपूर्णिमा आयोजना गरिन्छ । यारको अर्थ बर्खा र तुङको अर्थ पर्व हो । खेतीपातीका कामकाज सकेर आपसमा खुसी साट्ने पर्व हो यार्तुङ । महोत्सवको मुख्य आर्कषण प्रतियोगी र अप्रतियोगी घोडा दौड, स्थानीय खानाका परिकार, स्थानीय भेषभूषा प्रदर्शनी, सेभेन ए साइड फुटबल, तारो हान्ने खेल र विविधि सांस्कृतिक कार्यक्रम छन् ।
महोत्सवमा नेपालका चर्चित कलाकार निम्त्याएर कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि गर्ने तयारी छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले थप नयाँ खालका कार्यक्रम ल्याउने जनाएको छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया