रमेश बास्ताेलाकाे अध्यक्षतामा स्विन्डनमा नेपालीले खोले लायन्स क्लब

समाधान संवाददाता
पोखरा
बेलायतको स्विन्डनमा बस्दै आएका नेपाली मिलेर लायन्स क्लब अफ स्विन्डन चौतारी गठन गरेका छन् । लायन्स क्लब्स् अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाइजर रामबहादुर बसेलको उपस्थितिमा क्लब गठन गरिएको हो । क्लब अध्यक्षमा रमेश बास्तोला, प्रथम उपाध्यक्ष राजन क्षेत्री, द्वित्तीय उपाध्यक्ष मीन थापा र सचिवमा नारायण खड्का चयन भए । कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ, मेम्बरसिप चियरपर्सनमा विनोद पुरी, एलसिआइएफ कोअर्डिनेटरमा राममणि रिजाल, क्लब एडमिनिस्टेटरमा रुपेश रावत, जिएलटीमा सम्झना खड्का, पिआरोमा विश्व घिमिरे चयन भए । यसैगरी टेमर र टेलट्विस्टरमा रवी उपाध्याय र पूर्ण सुब्बा चयन भएका छन् । सदसइमा अभिसेक केसी, सुवास मल्ल, रमेश गौतम र तीलक थापा छन् । सल्लाहकारमा बुद्धिबहादुर थापा, भेष थापा, धु्रव अधिकारी, निर्मल पराजुली, टंक केसी, र नारायण मल्ल छन् ।
कार्यक्रममा को चिफ एडभाइजर बसेलले आफूभन्दा दुखी र अवसरबाट वञ्चितलाई सक्दो सहयोग गर्नु नै लायन्सको मुल मर्म रहेको बताए । उक्त अवसरमा लायन्स क्लब अफ पोखरा समर्पणका प्रथम उपाध्यक्ष भावना बसेल र लियो क्लब अफ सेन्ट्रल भ्यालीका अध्यक्ष संकल्प बसेललाई पनि सम्मान गरिएको थियो । स्विण्डनका सामाजिक अभियन्ता भेष बहादुर थापा, राजनकुमार क्षेत्रीले उक्त अवसरमा भनाइ राखेका थिए ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया