त्रिभुवन विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ पक्राउ
समाधान संवाददाता
२०७६ साउन २० गते १२:३९

समाधान संवाददाता, काठमाडाैं
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए । भन्सार कार्यालयको एक्सरे मेसिनले चेक गर्दा शंकाष्पद देखिएपछि लीलाई नियन्त्रणमा लिएर राति नै सुनको ल्याब टेस्ट गर्न पठाइएकाे र उनले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि लीलाई प्रहरीको जिम्मा लगाइएकाे ठाकुरले जानकारी दिए ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया