बाढीले कैसाङ तालिमकेन्द्र जोड्ने सडक अवरुद्ध

समाधान संम्वाददाता, मुस्ताङ
घरपझोङ गाउपालिका वडा –५ ठिनी देखि पूर्व कैसाङ सैनिक तालिमकेन्द्र जोड्ने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले न्याम्वो ड्याम्वो खोलाले धार परिवर्तन गरेपछि एकसाताअघि सडक ट्रयाक पुरीएको हो । सडक अवरुद्धपछि नेपाली सेनाको दोहोरो आउजाउमा समेत समस्या परेको सैनिक उच्चशिखर शिक्षालय जोमसोमले जनाएको छ । तालिमकेन्द्र जाने सडकमा न्याम्वो ड्याम्वो खोलाको बाढीले बालुवा, गेग्रायन र ठुला–ठुला ढुङ्गा थुपारेपछि सडक अवरुद्ध भएको महासेनानी प्रकाश थापाले जानकारी दिए ।
थापाका अनुसार सडक सूचारु गर्न नेपाली सेनासँग पर्याप्त जनशक्ति भएपनि आवश्यक उपकरणको अभावमा सडक संञ्चालन गर्न असहज भएको हो । सेनाले डोजर तथा स्काभेटर उपलब्ध गराईदिन स्थानीय तहसँग अनुरोध भएको महासेनानी थापाको भनाई छ । मुस्ताङको घरपझोङ जोमसोममा रक क्लामिङ, रिभर क्रसिङ र कैसाङमा माउन्टेन आरोहरण लगायतको तालिम हुने गर्छ ।
निलगिरी फेंदको कैसाङ शैनिक तालिक केन्द्रमा माउन्टेन आरोहरण संम्वन्धि तालिम हुने महासेनानी थापाले जानकारी दिए । उनका अनुसार केसाङ तालिमकेन्द्रमा अहिले पनि नेपाली सेनाको तालिम भईरहेको र आउँदो बुधवार देखि विभिन्न १० वटा राष्ट्रको ६ हप्ता सम्म एकैसाथ अन्तराष्ट्रिय स्तरको तालिम हुने खुलाए । यसका लागि मंगलवार सम्म सबै देशका सेना जोमसोम आईपुग्ने बताए । मुस्ताङको घरपझोङ कैसाङ क्याम्पमा नेपाली सेना २०३० सालदेखि रहदै आएको छ । त्यहाँ नेपाली सेनाले विभिन्न तालिम संञ्चालन गर्ने गरेको छ । तिब्बतीयन खम्पाहरुलाई विस्थापित गरी त्यहा नेपाली सेनाको तालिमकेन्द्र रहेको हो ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया