सांसद तुलाचनको पहलमा नापी टोली मुस्ताङ आउने

सुन्दरकुमार थकाली, मुस्ताङ
मुस्ताङको भूमी संम्वन्धि जटिल समस्या निराकरण गर्न यहाका संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका छन् । सांसद तुलाचनले भूमी समस्या तथा सरकारी भूमी समस्या र त्यसको निराकरण गरिदिन भूमिसुधार तथा गरिवी निवारण मन्त्रालयमा धाए, पत्रचार गरे । सांसद तुलाचनकै पहलमा सोमवार उक्त मन्त्रालयमा मन्त्री पद्मा अर्यालसहित मन्त्रालयका अधिकारी बीच भएको छलफलले आउँदो असोजमा नापी टोली मुस्ताङ पठाउने प्रतिवद्धता भएको सांसद तुलाचनले जानकारी दिए । यस बारे जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई मन्त्रालयले जानकारी गराएको सांसद तुलाचनको भनाई छ ।
यस्तै, मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मुस्ताङको भूगोल नापजाँच तथा भूमि समस्या निराकरण गर्न नापी टोली मुस्ताङ आउने जानकारी दिए । मन्त्रालयले यसपटक मुस्ताङको पुरै भूगोलको विस्तृत नापनक्सा गर्ने भएको सांसद तुलाचनले सुनाए । सांसद तुलाचनले भने ,‘ मुस्ताङको खेर गएका खाली जग्गा सरकारको नापमा नापजाँच भएको खण्डमा विदेशी लगानी भित्रिन्छ । औधोगिक विकासमा टेवा पुग्छ ।’ जिल्ला स्थित मालपोत तथा नापी कार्यालयले पनि शिघ्र जग्गा नापनक्सा हुने जनाएका छन् ।
मुस्ताङको कुल क्षेत्रफल ३५५.२१ वर्ग किलोमिटर छ । यहाँको कुल क्षेत्रफलको जम्मा .९३ प्रतिशत जग्गा नापी भएको छ । अरु जग्गा नापनक्सा भएका छैनन् । तत्कालिन सरकारले २०३२ सालमा मुस्ताङमा पहिलो पटक जग्गा नापजाँच गर्यो । त्यस बखत मुस्ताङ आएका नापी टोलीले स्थानीय भाषिक समस्याका कारण संम्वेदशील रुपमा व्यक्तिले भागचलन गरेका जग्गा नापनक्सा गर्नमा चुके । त्यस समय जग्गा मात्र होईन नागरिकता बनाउने काममा समेत त्रुटी देखियो ।
उपल्लो मुस्ताङमा त धेरैजसोले भोगचलन गरेका निजी जग्गा धनीले अहिले सम्म लालपूर्जा पाएका छैनन् । नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले भाषिक समस्या र शैक्षिक अज्ञानताका कारण २०३२ सालमा जग्गा नापी कतिपयले भोगचलन गर्दै आईरहेको जग्गा नापी हुन नसकेको जानकारी दिए । उनले स्थानीयको उपयोग गरेको जग्गा नापी गर्न छुट्दा त्यसबाट प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित रहनु परेको बताए ।
मुस्ताङको भूमी सम्बन्धि समस्या छिटो सुल्झाउन सरकारले पहल गर्नुपर्ने सुझाए । जैविक विविधता तथा खनिज वस्तु उत्खनन्को प्रचूर संम्भावना रहेको मुस्ताङ आफैमा प्राकृतिक श्रोत साधनले धनी जिल्ला हो । यूरोनियम, ग्याँसा, शालग्राम र नुन खानी देखि सुन खानीसम्म उत्तिकै सम्भावानको जिल्लाको हो मुस्ताङ । यहाँ खेर गईरहेका सयौं हेक्टर जमिन उपयोग बिहिन अवस्थामा छ । सरकारी जग्गालाई समेत नापनक्सा गरेर सरकारी स्वामित्वमा नआउदाँ विकास र सम्भावना कतिपय ढोकाहरु उघ्रन नसकेको हो ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया