प्रांगरिक उत्पादनको बजार ग्यारेन्टी प्रदेशले गर्ने

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेन्टी प्रदेश सरकारले गर्ने भएको छ । यसका लागि भूमि व्यवास्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीबीच सोमबार सम्झौता भएको छ ।
मन्त्रालयका सचिव दुर्गाप्रसाद ढवाडी र ग्लोबल क्यापिटलका अध्यक्ष देवमान हिराचनले सम्झौतापत्रमा हस्ताक्षार गरेका छन् । सम्झौता अनुसार प्रदेशका किसानहरुले उत्पादन गर्ने प्रांगरिक कृषि सामग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ ।
कृषि सम्बन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ । यसको समन्वय मन्त्रालयले गर्नेछ । भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले सम्झौताले किसानको उत्पादन बिक्री नहुने समस्या अब नरहने बताए ।
उनले ग्लोबल क्यापिटलसँग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउँदै सम्झौता प्रांगारिक बजार प्रसोधन र प्रवद्र्धनमा महत्वपूर्ण कदम बनाएको बताए । कृषिमा रासायानिक वस्तुको प्रयोेगलाई निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको नीति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए ।
ग्लोबल क्यापिटलको तर्फबाट अध्यक्ष देवमान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भइरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पुर्याउन चाहिरहेको बताए । उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नयाँ प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफूहरु तयार रहेको बताए ।
देशमा १ सय ५० वर्षदेखि एकै तरिकाको विधिमा कृषिनिर्भर रहेकाले यसलाई सबै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाइ छ । कृषि मन्त्रालयले गरेको यो छैटाैं एमओयु सम्झौता हो । यसअघि चिनिया कम्पनी, कृषि विकास बैंक प्रदेश कार्यलाई, कृषि वन विज्ञान क्याम्पस रामपुर, लिबर्ड र नापी विभागसँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी एमओयू सम्झौता मन्त्रालयले गरिसकेको छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया