‘सरकारको प्रतिपक्ष बार’

समाधान संवाददाता, पोखरा
उच्च अदालत बार एसोसियसन पोखराको वार्षिक साधारण सभा भएको छ । एसोसियसनको सभामा नेपाल बार एसोसियसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले सरकारलाई न्यायको बाटोमा हिडाउने जिम्मेवारी बारको भएको बताए । उनले सरकारको प्रतिपक्षका रुपमा बारमात्र रहेकोे उल्लेख गरे ।
बार एसोसियसनका महासचिव लीलामणि पौडेलले नेपाल बारका गतिविधिका बारेमा जानकारी गराउँदै न्यायाधीश चयन प्रक्रियामा निश्पक्षता हुन सके न्यायप्रणालीमा शुद्धता आउने बताए । उनले बारले शुद्धता बनाउन पहल गर्ने अभियान थालनी गरिसकेको बताए । सचिव विनोद रेग्मीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष माधवी पान्डेयले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
उच्च अदालत बार एसोसियसन पोखराका अध्यक्ष रोहितराज बास्तोलाको अध्यक्षता भएको कार्यक्रममा नेपाल बारका पूर्व महासचिव माधव बास्कोटा, भूपनिधी पन्त, बारका पूर्व अध्यक्ष मुकुन्दराज अर्याल, डिएलए कास्कीका अध्यक्ष बिष्णुप्रसाद शर्मा, एनएलएका अध्यक्ष सुकदेव गौतम, जानकी शर्मा लगायतले बोलेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया