रवी पत्नीको जाहेरी लिन अस्वीकार

समाधान संवाददाता
काठमाडौं
न्युज ट्वान्टी फोरका कार्यक्रम प्रस्तोता रवी लामिछानेकी पत्नी निकीता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा चितवन एसपी दानबहादुर मल्ल, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्धको जाहेरी काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको छ।
जाहेरी दर्ताका लागि बुधबार टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी निकितालाइ चितवन प्रहरीमा चलिरहेको मुद्दाका विषयमा काठमाडौंमा जाहेरी लिन नमिल्ने उल्लेख गर्दै फर्काइदिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहित ३ जनालाई प्रहरीले अदालतबाट २ पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रवीलाई फसाउन खोजिएको भन्दै उनको समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन जारी राखेका छन् । पुडासैनीलाई आत्महत्या गर्न उक्साएको अभियोगमा रवी लामिछानेसहित ३ जना काठमाडौबाट पक्राउ चितवन लगिएको हो ।
यसैबीच प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लामिछानेकी पत्नी निकीताले आफूसहित ३ जना विरुद्ध जाहेरी दर्ता गर्न खोजेको घटनाले आफ्नो मानमर्दन भएको बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर समाचार प्रकाशन र प्रशारण गरेको’ उल्लेख गरेका छन् ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया