खानेपानी ट्यांकी शिलान्यास

समाधान संवाददाता, पर्वत
मोदीगाउँपालिका ६ डिमुवामा ३० हजार लिटर क्षमताको फिल्टरिंग पानी ट्यांकी बन्ने भएको छ । भूकम्पकाकारण मुहान अन्यत्र स्तान्तरण हुँदा अर्को ट्यांकी निमार्ण गरी खानेपानी व्यवस्थापन गर्न लागिएको हो । करिब २ सय घर कुरियाले यो पानीउपयोग गर्दै आइरहेका छन् । भूकम्प गए लगतै यहाँका स्थानीयले खानेपानीको हाहाकार भोग्नबाध्य थिए ।
शनिबार वडाध्यक्ष बिमल लामिछानेले सो ट्यांकीको शिलान्यास गरेका हुन् । ग्लोबल वार्मिंगकाकारण समस्या यस्तो हुन गएको बताए । ग्लोबल वार्मिंगले विभिन्न स्थानमा पानीका मुहान सुक्ने, पानीसँगै वालुवा आउँने हुँदा यसको समाधानसहित पानी उपयोग गर्ने नीति प्रभावकारी रहेको सुनाए । उनले सो अवसरमा बोल्दै वडा र गाउँपालिकाले नयाँ फिल्टर प्रविधिको ट्यांकी निमार्ण गर्न लाग्ने खर्चको केहि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
डिमुवा खानेपानी तथा सरसफाइ आयोजनाले यो कार्य सम्पन्न गर्न जुटेको छ । आयोजनाका अध्यक्ष दीपेन्द्र लामिछानेले ट्यांकी निमार्ण गर्न उपभोक्ता समितिले विभिन्न निकायसँग सहयोग माग्दै भएपनि काम सम्पन्न गर्ने बताएका थिए । लामिछानेले पूरा समूदायले सहज रुपमा पानी उपयोग गर्न नपाउँदा निकै समस्या भोग्दै आएको सुनाए । उनले वडा र गाउँपालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासलाई प्राथमिकता दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
डिमुवा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा मोदी दीप सहकारीका अध्यक्ष ठक्करप्रसाद शर्माले स्वच्छ खानेपानी उपलब्ध हुँदा स्थानीय उत्साहित बनेको बताए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया