पर्यटन मजदुरलाई चिनियाँ भाषा तालिम

समाधान संवाददाता
पोखरा
अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीको आयोजनामा चिनियाँ भाषा तालिम आइतबार पोखरामा सम्पन्न भएको छ । १ महिना चलेकोे तालिम निशुल्क हो ।
तालिम समापनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशीराज भण्डरीले नेपालमा चिनिया भाषाको अत्यधिक आवश्यकता रहेको र नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा यस भाषाले थप टेवा पुग्ने बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अधकिृत ऋषि बरालले यस्ता किसिमका कार्यक्रमा हाम्रो सदैव साथ र सहयोग रहने बताए । अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की जिल्ला सचिव गुणराज बास्तोलाले ट्रेड युनियन महासंघ रात दिन मजदुरको हक अधिकारको लागि लड्ने बताए । टान पोखराका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले भाषाको राम्रो सिकाइ जीवनका लागि फलदायी र देश विकासमा टेवा पुग्ने बताए । अखिल नेपाल पर्यटन मजदुर संघ अध्यक्ष रामचन्द्र ढुंगानाले यस्ता विदेशी भाषा÷संस्कृति सम्बन्धी तालिमले पर्यटकको बसाई लम्ब्याउन सहयोग पुर्याउने बताए ।
तालिममा अजित विक प्रथम, अन्जु परियार द्वितीय र देवी शर्मा तृतीय भएका थिए । कार्यक्रममा स्वागत अखिल नेपाल पर्यटन मजदुर संघ पोखरा महानगर अध्यक्ष कृष्णप्रसाद भट्टराई, अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका सचिव तथा कार्यक्रम संयोजक विष्णु देवकोटाले विद्यार्थीले राम्रोसँग भाषा÷संस्कृतिको सीप सिकेकोमा खुसी व्यक्त गरे । संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संघ गण्डकी प्रदेश सचिव तीर्थ तामाङले गरेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया