सिएनएनको मनोरम सूचीमा घान्द्रुक

समाधान संवाददाता, पोखरा
अमेरिकी समाचार संस्था सिएनएनले एसियाका मनोरम १३ स्थानको सूचीमा कास्कीको घान्द्रुक समावेश गरेको छ । सिएनएन ट्राभलले बुधबार प्रकाशित गरेको सूचीमा नेपालको घान्द्रुक पनि परेको हो ।
पोखराबाट ५ घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने भन्दै सिएनएनले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेको छ । परम्परागत शैलीका कलात्मक चिया घर, यहाँको चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिर, स्थानीय परिकारलगायतको पनि सिएनएन ट्राभलले प्रशंसा गरेको छ । सिएनएनले नेपालको सुन्दर हिमाली क्षेत्र र घान्द्रुकको भिडियो पनि वेबसाइटमा राखेको छ । सिएनएनले घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली र संस्कृति पनि नजिकबाट नियाल्न सकिने बताएको छ ।
सिएनएनले निकालेको सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ भिगन, लाओसको लुआङ प्रबाङ र कम्बोडियाको काम्पोट छन् । त्यस्तै इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जोजुवाङ, भारतको मलिननोङ, हङकङको साइ कुङ तथा थाइल्यान्डको फुकेट पनि सिएनएनको सूचीमा परेका छन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया