धारिलो हतियार प्रहार गरी बाबुछाेराकाे हत्या

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिका ३ चिसापानी ललहीको मिनडाडामा मंगलबार बिहान पख एकै परिवारका २ सदस्यको हत्या भएको हो ।
धारिलो हतियार प्रहारबाट २९ वर्षीय चित्रबहादुर खड्का र ४ वर्षका छोरा रिजन खड्काको मृत्यु भएको हो । अपरिचित व्यक्ति घरमा छिरी धारिलो हतियार प्रहार गरी दुवैजनाको हत्या गरेर भागेको चित्रबहादुरीकी पत्नी अनितालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बाबु छोरा सँगै सुतेका र पत्नी अर्कै खाटमा सुतेको अवस्थामा मास्क लगाएको व्यक्ति आएर आक्रमण गरेको अनिताको भनाइ छ । दुवैजनामाथि आक्रमण भएपछि अनिता चिच्याएको र त्यसपछि गाउँले जम्मा भएको स्थानीयले बताए ।
हत्या के कारणले, कसले गर्यो भन्ने अनुसन्धान भइरहेको स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । हत्याको खबर लगत्तै एसपी लम्साल र डिएसपी नविनकृष्ण भण्डारी पोखराबाट कुकुर लिएर घटनास्थल पुगेको थियो ।
जाहेरी तथा अनुसन्धानका लागि प्रहरीले अनिता खड्का र चित्रबहादुरका भाइ विक्रमबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । दुवैजनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।









गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया