नदीपुरमा क्लब स्तरीय भलिबल सुरु

समाधान संवाददाता
पोखरा
पोखराको नदिपुरमा दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । भदौ २१ गतेसम्म हुने प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । उद्घाटन खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र टिम ‘ए’ ले पिबिटी युनाइटेडलाई सोझो सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा शान्ता भलिबल प्रशिक्षण केन्द्रलाई छन्त्याल समाजले सोझो सेटमै पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । तेस्रो खेलमा स्याङ्जाको अनुपस्थितिमा विभागिय टोली एपीएफ टिम ‘बी’ बिजयी बन्यो । यसअघि कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष याम गुरुङले प्रतियोगिता उद्घाटन गरेका थिए । गुरुङले खेलकुदको विकासका लागि उक्त प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदले शरीर स्वस्थ राख्न, मर्यादित र अनुशासित हुन सिकाउने बताए ।
प्रतियोगितका खेलकुद संयोजक अनिल गुरुङले क्लब स्तरीय पुरुष भलिबलतर्फ १४, महिलातर्फ ९ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको बताए । गुरुङले उक्त प्रतियोगिताकोे पुरुषतर्फको विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६० हजार प्रदान गरिने बताए । उपविजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार प्राप्त गर्नेछ ।
महिला तर्फका विजेता र उपविजेता टिमलाई क्रमश सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २० र १४ हजार प्रदान गरिनेछ । भेट्रान्सतर्फको विजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्ने छन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया