यातायातको नक्कली फेसबुक पेज बनाउने पक्राउ

समाधान संवाददाता
पोखरा
यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी चालक अनुमतिपत्र) कार्यालयको नक्कली पेज बनाउने १ जनालाई गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा महानगरपालिका १ बगरमा बस्दै आएका साजन सुवेदीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी चालक अनुमतिपत्र)को पेजबाट उनले विभिन्न व्यक्तिसँग कुराकानी गरेको प्रहरीको अनुसन्धानमा भेटिएको छ । उनले लाइसेन्स फर्म भर्ने भनेर सार्वसाधरणसँग २ हजार देखि २ हजार ५ सय रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
सुवेदीले भरेको केही फर्मसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि उनलाई थुनामा राख्न प्रहरीले बुधबार कास्की अदालतको अनुमति पाएको छ । सुवेदीको पेजबाट केही व्यक्तिलाई २ हजार रुपैयाँ लिएर फर्म भरेको प्रहरीकोमा गुनासो पुगेको थियो । सोही गुनासोको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया