पूर्वसभासद कार्की जेल चलान

समाधान संवाददाता
काठमाडौं
प्रहरी ‘इन्सपेक्टर’ बनाइदिन्छु भन्दै घुस लिएको आरोपमा सजाय सुनाइएका तत्कालीन एमालेका पूर्व सभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले कार्कीलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो ।
उनलाई घुस लिएको आरोपमा सर्वोच्च अदालतले गत असार १७ गते १ लाख जरिवाना र ६ महिना जेल सजायको फैसला सुनाएको थियो । उनले राजकुमार राईबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिने भन्दै पटक पटक गरी ४ लाख ५ हजार घुस लिएका थिए । सिआइबीका अनुसार उक्त रकममध्ये २ लाख ५ हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासीनले १ लाख र डोलबहादुर भन्ने डीबी कार्कीले लिएको खुलेको थियो ।
विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ग) बमोजिम जनही ४ ४ महिना कैद र बिगो बमोजिम १÷१ लाख रुपैयाँ जरिवाना र डोलबहादुर कार्कीलाई निज संविधानसभा तथा व्यवस्थापिका संसदका सभासद भएकाले उनलाई दफा २४ बमोजिम थप २ महिना कैद सजायसमेत गरी जम्मा ६ महिना कैद र १ लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएका प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया