दशनामी युवा नेतृत्वमा सुरेश

समाधान संवाददाता, पोखरा
नेपाल दशनामी युवा समाजको प्रथम राष्ट्रिय भेला तथा अधिवेशन पोखरामा भएको छ । अधिवेशनबाट सुरेश गिरी अध्यक्षमा चयन भएका छन् । समाजको वरिष्ठ उपाध्यक्ष पोखराका अर्जुन गिरी, उपाध्यक्ष बुटवलका अर्जुन गिरी, महिला उपाध्यक्ष काठमाडौंकी शान्ता गिरी, महासचिव विराटनगरका जंगराज गिरी, सचिव नवलपुरका मदन गिरी, सचिव काठमाडौंका गणेश गिरी, कोषाध्यक्ष तनहुँका सुरेश पुरी र सहकोषाध्यक्ष विरगंजका सन्दिप पुरी चयन भएका छन् ।
सदस्यमा अमृत गिरी, सुवास गिरी, सन्ध्या पुरी, नवीनराज गिरी, दीपक भारती, सञ्जय गिरी, विद्या भारती, डिल्लीराम वन, नमराज पुरी, किसन गिरी, रुद्र गिरी, राजुराज गिरी, नवीन गिरी, नन्दु गिरी, रामकुमार पुरी, दीपक पुरी र अमृता गिरी छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले युवाहरु देशको शक्ती भएकाले सहि र उपयोगी ठाउँमामात्र उर्जा खर्चिनुपर्ने बताए । नेपाल दशनामी समाजका प्रमुख संरक्षक जयराम पुरी, प्रदेश नं २ का प्रदेश सांसद प्रल्हाद गिरी, नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरी, नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव गिरी, नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष सरस्वती गिरी लगायतले नयाँ नेतृत्वलाई शुभकामना दिँदै समाज र समाजको समस्या समाधानमा लाग्न अनुरोध गरेका थिए । नेपाल दशनामी समाजका प्रमुख संरक्षक जयराम पुरीले समाजलाई राजनीतिमा लैजान नहुने बताउँदै दशनामीको हित र भविष्य हेर्न सक्नुपर्नेमा जोड दिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया