गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

समाधान संवाददाता, काठमाडाैं
गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।
यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।
आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन् ।
‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’, आगलागीपछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।









पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया