क्लबस्तरीय भलिबल सेमिफाइनमा

समाधान संवाददाता, पोखरा
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुरमा जारी तेस्रो संस्करणको क्लबस्तरीय भलिबल प्रतियोगितामा अन्तिम ४ समूह छनोट भएका छन् । प्रतियोगितामा आयोजक रातो, सहारा क्लब बागलुङ, पर्वत भलिबल संघ र मार्बल इन्टरप्राइजेज छनोट भएका हुन् ।
छन्त्याल समाजको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक रातोले २५–२०, २३–२५ र २५–१२ को सेटले भूपू गाइजलाई पछारेको थियो । दोस्रो क्वाटरफाइनल खेलमा सहारा क्लब बागलुङले २५–११ र २५–१९ को सोझो सेटले आयोजक पहेँलोलाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा चुमेको छ । तेस्रो खेलमा पर्बत भलिबल संघले २५–२१ र २५–२० को सोझो सेटले छन्त्याल युवा क्लब म्याग्दी चोकलाई हराउँदै आयोजक रातोसँगको भेट पक्का गर्न सफल भएको थियो ।
अन्तिम क्वाटरफाइनल खेलमा मार्बल इन्टरप्राइजेज बिरौटाले २५–१४ र २५–२१ को सोझो सेटले पाखा लगाउँदै सेमिफाइनलमा सहारा क्लबको निम्तो पाएको थियो । प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनील गुरुङले शुक्रबार महिला तथा भेट्रान्सतर्फको खेल सञ्चालन गरिने बताए । उनले पुरुषतर्फको सेमिफाइनल खेल शनिबार खेलाइने जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फको बिजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
खेलमा उपबिजेता समूहले सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद ३५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फको बिजेता र उपबिजेता टिमलाई क्रमश सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २० र १३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।









सडक सञ्जालमा जोडिँदै गुर्जा
गण्डकीमा महिला मतदाता बढी
महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
कांग्रेस विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया