कागबेनीमा २० हजार तीर्थालु

एसके थकाली
जोमसोम
मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनी श्राद्ध स्थलमा १६ दिनमा २० हजार तीर्थालु सहभागी भएका छन् । शनिबार धार्मिक तिर्थालुले भरिभराउ भएको हो । सोह्र श्राद्ध औंशीमा विभिन्न जिल्लाबाट तिर्थयात्री मुस्ताङ कागबेनी पुगेका हुन् ।
कागबेनी श्राद्धस्थल मुक्तिधाराको कृष्ण नदीको संगम स्थल हो । यो तीर्थस्थल अन्य तिर्थस्थल भन्दा उत्तम मानिएको स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए । भगवानको चरणबाट निक्लिएको कृष्णा नदी र भगवानको गालाबाट निस्किएको कालिगण्डकी नदीको संगम स्थल भएकाले अन्य धार्मिक स्थलभन्दा फरक भएको स्वामी प्रपन्नाचार्यको भनाइ छ ।
कागबेनी धार्मिक स्थल भगवान विष्णु लगायत सबै देवताको बासस्थान भएको स्वामी प्रपन्नाचार्यले सुनाए । शालिग्राम भगवानको शरीरमा मुक्तिनाथ भगवान रहेकाले यहाँ श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्र पुराण लगायतका ग्रन्थमा उल्लेख छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज बद्री तिमिल्सिनाले यस वर्ष सोह्र श्राद्धलगत्तै आन्तरिक तीर्थालु बढेको बताए । उनका अनुसार सोह्र तिथिसँगै औंशीसम्ममा मुस्ताङमा करिब २ हजार ५ सय सवारी भित्रिएका छन् । कागबेनी श्राद्ध स्थलमा औंशी तिथिसम्म २० हजार तीर्थालुले श्राद्ध गरेको अनुमान छ ।
श्राद्ध गर्न आएका तीर्थालु मुक्तिनाथ दर्शन गरेर फर्कने गर्छन् । शनिबार कागबेनीसँगै मुक्तिनाथमा दर्शन गर्ने तीर्थालुको घुइँचो बढेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया