साढे २ करोड लागतमा ड्याडिज किचन

समाधान संवाददाता
पोखरा
पोखरामा दिनदिनै नयाँ रेस्टुरेन्ट खुलिरहेका छन् । जति खुलिरहेका छन्, नचलेर बन्द हुने पनि उत्तिकै छन् । यही जोखिमका बावजुत पोखराको विरौटा हिमाली टोलमा नयाँ रेस्टुरेन्ट ‘ड्याडिज किचन’ सञ्चालनमा आएको छ । करिब २ करोड ५० लाखमा यसो सञ्चालनमा आएको छ ।
बुटवलबाट २०७० सालमा ठेलाबाट सुरु गरेको व्यवसायले अहिले पर्यटकीय सहर पोखरामा फुड ट्रक हुँदै ठूलो रेस्टुरेन्टको रुप लिएको हो । २०७३ मा पोखराको विरौटा स्थित राम मन्दिर जाने बाटोमा ड्याडिज किचनले पोखरामै पहिलोपटक फुड ट्रक सञ्चालनमा ल्याएको थियो । २०७५ सालमा पोखराकै चिप्लेढुंगाको निभा गल्लीमा फुट ट्रकको शाखा खुल्यो ।
किचन सञ्चालक समूहले पोखरा सहरभित्र मात्रै करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पोखरा, बुटवल, काठमाडौँ र रुपन्देहीको रामापुरमा पनि यसका शाखा छन् । नयाँ खुलेको ड्याडिज किचनमा आकर्षणका रुपमा काठको ठूलो गितार छ । गितार २८ दशमलव ५ फिट लम्बाई र १० फिट चौडाइको छ । पोखरामा नै सबैभन्दा ठूलो क्यानभासमा नेपाल एकीकरणका सूत्राधार पृथ्वीनारायण शाहको तस्बिर पनि यहाँ देख्न सकिन्छ ।
होम डेलिभरी सेवा पनि यहाँ उपलब्ध छ । ड्याडिज किचन भएको ठाउँबाट पोखराको ३ किलोमिटरभित्र होम डेलीभरी सुविधा छ । ड्याडिज किचनको नयाँ रेस्टुरेन्ट कमलजंग कुँवर र होम रानाले सञ्चालनमा ल्याएका हुन । नयाँ रेस्टुन्टले असोज १२ गते देखि १६ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ । यहाँ हरेक साँझ ७ देखि ९ बजेसम्म लाइभ म्युजिक चल्नेछ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया