धादिङमा बस पल्टिदाँ ५ घाइते

समाधान संवाददाता, धादिङ
धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि छुटेको बस आइतबार बिहान ८:३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा पल्टिएर दुर्घटना हुँदा बसमा सवार पाँच जना घाइते भएका छन् ।
बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको घाइतेहरूले बताएका छन् ।
दुर्घटनामा परी धादिङको नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ वर्षीया हस्त कुमारी तामाङ गम्भीर घाइते भएका छन् ।
यसैगरी सोही स्थानकी २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई ६० वर्षकी शान्तमाया गुरुङ घाइते भएका छन् ।
घाइतेहरू सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
बसका चालक र सहचालक दुर्घटना पछि फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया