चितवन पोखरा समाजमा शुभकामना

समाधान संवाददाता, पोखरा
चितवन पोखरा सम्पर्क समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
पोखरा ट्रेड मल, रोयल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा नेपाल माउन्टेनरिङ एसोसियसन गण्डकीका अध्यक्ष तथा काफ्ले समाज गण्डकी प्रदेशका अध्यक्ष कृष्ण काफ्लेले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले चितवन पोखरा सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको उल्लेख गरे ।
चितवन साहित्य संगम र शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तथा साहित्यकार पोषराज पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख मुरारी मिश्र, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दिरा अधिकारी कोइराला, फेवा पब्लिकका निर्देशक शेरबहादुर क्षेत्री, संस्थापक अध्यक्ष तथा सल्लाहकार निर्मल सापकोटा र सल्लाहकार देवकुमार श्रेष्ठ, ई. आनन्दप्रसाद सापकोटा, विष्णु सुवेदी र कार्य समिति सदस्य रामचन्द्र पहारी लगायतले शुभकामना आदानप्रदान गरे ।
समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिलीप पनेरुले स्वागत गरे । कार्यक्रम सञ्चालन सचिव तारा पराजुली सापकोटाले गरेकी थिइन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया