चालकलाई ट्राफिक प्रहरीको शुभकामना

जोमसोममा सवारी साधन रोकेर चाडपर्वको शुभकामना व्यक्त गर्दै ट्राफिक इन्चार्ज सई बद्रीनाथ शर्मा । तस्बिरः एसके थकाली
समाधान संवाददाता
जोमसोम
दसैं, तिहार, नेपाल संवत् तथा छठको अवसरमा ट्राफिक प्रहरी जोमसोमले चालकलाई शुभकामना सन्देश दिन सुरु गरेको छ । मुस्ताङ भित्रिने हरेक यात्रुवाहक सवारी साधनलाई सडकमै रोकेर सुरक्षित यात्राको कामना गर्दै चालकलाई शुभकामना दिन थालेको हो ।
घटस्थापनादेखि ट्राफिक प्रहरीले शुभकामना तथा चालक सतर्कताका लागि साताव्यापी अभियान सुरु गरेको ट्राफिक प्रहरी इञ्चार्ज सई बद्रीनाथ शर्माले बताए । ‘दसैं अवधिभर शुभकामनासहित सुरक्षित यात्राको कामना गरेका छौं,’ उनले भने, ‘ट्राफिक प्रहरी र सवारी चालक १ सिक्काका २ पाटो भएकाले चालक सचेतनाको ज्ञानसमेत दिलाएका छौं ।’ चालकलाई शुभकामनासहित चालक शिक्षा प्रदान गर्न थालेको र यसले ट्राफिक र चालकबीचको सम्बन्ध प्रगाढ तुल्याउने उनले दाबी गरे ।
जोमसोममा सई शर्मा आफंै सवारी रोकेर चालकसँग हात मिलाउँदै गर्दै शुभकामना आदानप्रदान गर्छन् । शुभकामनासँगैे चालकले ध्यान दिनुपर्ने कुरा ६ वटा बुँदामा सचेत गराउँछन् ।
उनी सवारीको नियमित चेकजाँच गर्ने, यात्रुको विवरण दुरुस्त राख्ने, सवारी गन्तव्य, दूरी, रोकिने समय लगायतको जानकारी लिने, यात्रुसँग मित्र व्यवहार गर्ने, यात्रुमैत्री, गति सीमित र ट्राफिक नियमको पूर्ण पालना गर्ने, यात्रुको सामानको सुरक्षा गर्ने, क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्न नपाइने र कुनै घटना भए प्रहरीलाई जानकारी गराउने लगायत सन्देश भएको पर्चासँगै चालकसँग चाडपर्वको शुभकामना प्रदान गर्छन् । पर्चामा यात्रु सवारी यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा १३ वटा बुँदामा उल्लेख गरिएको सई शर्मा बताउँछन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया