थकाली सभ्यतामा अंग्रेजी फिल्म

एसके थकाली
जोमसोम
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जैविक विविधताले धनी मुस्ताङमा पछिल्लो समय स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्ने क्रम बढेको छ । सय वर्ष पुरानो थकाली सभ्यता, रहनसहन र भेषभूषा समेटेर अंग्रजी चलचित्र छायांकनको १ निर्माण युनिट सोमबार मुस्ताङ आएको छ ।
बिबिसी चलचित्रकर्मी तथा यससँग जोडिएका अन्य चलचित्रकर्मी यहाँ आएका हुन् । यसको छायांकन स्थल तथा व्यवस्थापन लोकेसन नेपालले जिम्मा लिएको हो । सय वर्ष पुरानो थाकखोला क्षेत्रमा बसोबास गर्ने थकाली सभ्यताको ऐतिहासिक कथाका लागि मुस्ताङमा २ वर्षअघि अध्ययन र गृहकार्य भएको लोकेसन नेपालले जनाएको छ ।
अंग्रजी विश्व चलचित्र भनिएको यसमा वृतचित्र शैली हुने व्यवस्थापक श्याम बस्नेतले जानकारी दिए । उनले बेलायती निर्माण कम्पनी तथा यसका कलाकार गरी करिब २ सय जनाको टोली मुस्ताङ आएको छ । मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने थकालीका ऐतिहासिक कुरा चलचित्रमा समेटिने व्यवस्थापक बस्नेतले बताए ।
थकाली गाथा समेटिने चलचित्रको नाम भने सार्वजनिक गरिरएको छैन । लोकेसन नेपालका सिइओ तथा लाइन प्रोडुसर गौतम धिमालले चलचित्रको कुनै पक्ष पनि सार्वजनिक नगर्ने सरकारसँग सम्झौता भएको जनाए । थकाली सभ्यताबारे फिल्म बन्ने भने उनले खुलाए ।
स्रोतका अनुसार चलचित्र जोमसोम, कैसाङ क्याम्प, छुसाङ, नाउरिकोट लगायतका स्थानमा छायांकन हुनेछ । निकै महंगो लागत भनिए पनि बजेट खुलाइएको छैन । छायांकनका क्रममा निर्माण गरिने सबै पूर्वाधार स्थानीय स्तरमै हस्तान्तरण गरिने जनाइएको छ । प्राचीन कालमा मुस्ताङमा बस्ने आदिवासी थकालीले के गर्थे, के खान्थे, कुन व्यवसाय गर्थे, उनीहरुको धर्म, संस्कृति, रहनसहन, जीवनशैलीबारे चलचित्रले जानकारी दिनेछ । विभिन्न स्थानमा २ सातासम्म चलचित्र छायांकन हुने सिइओ धिमालले जानकारी दिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया