खहरेबाट लागूऔषध सहित ४ जना पक्राउ

समाधान संवमददाता, पाेखरा
आज पोखरा महानगरपालिका ६ खहरे स्थित रहेको होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध संघिय व्यूरो पोखराबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा पोखरा ९ पृथ्बीचोक बस्ने वर्ष २२ को हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने वर्ष ३९ को मिजोराम नियाना, जिल्ला पर्सा घर भई हाल पोखरा ९ पृथ्बीचोक बस्ने वर्ष २८ को सहिद अख्तर मियाँ,जिल्ला तनहुँ शुक्लागण्डकी ९ बस्ने वर्ष २३की रजिया खातुन रहेका छन् ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ४५ पिस रातो रंगको ऐनफेटागन, प्लास्टिकको झोलामा राखेको अंन्दाजि १५० ग्राम लागूऔषधजन्य सुकेको पात समेत फेला पारि बरामद गरेको छ । पक्राउ परेका सबै जना उपर प्रहरीले थप अनुसन्धान तथा कारबाहि प्रक्रिया अगाडि बढाएको छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया