सुन्दर टोलमा शुभकामना तथा सम्मान कार्यक्रम
समाधान संवाददाता
२०७६ असोज १६ गते १४:१०

समाधान संवाददाता, पोखरा
पोखरा १४ चाउथेमा रहेको सुन्दर टोल विकास संस्थाले दसैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा टोलको विकास लागि योगदान गरेकाहरुलाई दोसल्ला र सम्मानपत्रसहित सांसद खगराज अधिकारीले सम्मान गरे । अधिकारीले विकास घर, टोलबाटै सुरु हुने उल्लेख गर्दै आफ्नो टोल, समाजको विकासका लागि सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष बलराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित हुनेमा फडिन्द्रमान कामी, प्रजबहादुर भुजेल, माधव न्यौपाने, सुरज लामा र माया विक छन् । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की, सम्मानित व्यक्तित्व फडिन्द्रमान कामी, टोलका उपाध्यक्ष प्रजबहादुर भुजेल लगायतले बोलेका थिए ।
सम्बन्धित








पोखरामा कार्यक्रम गर्दै मुस्ताङका स्कुल
दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया