पाेखरामा सप्ताहव्यापी विपद व्यस्थापन नमुना अभ्यास

समाधान संवाददाता
पोखरा
‘अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं’ भन्ने नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सप्ताहव्यापी विपद व्यवस्थापन कार्यक्रम गरेको छ ।
यसैबीच बुधबार गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रदेश अन्तर्गत विभिन्न मन्त्रालयका सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, गण्डकी प्रदेशस्थित विभिन्न सुरक्षा निकायका प्रमुख एवं अन्य प्रहरी कर्मचारी, नेपाल रेडक्रसका प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, पत्रकार लगायतले नमुना अभ्यास अवलोकन गरे
कार्यक्रममा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विपद जुनसुकै समयमा पनि आइपर्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनका लागि आवश्यक स्रोत, साधनसहित मानसिक र शारीरिक रुपमा तयार रहन आग्रह गरे ।
गण्डकी प्रदेश नेपाल प्रहरीको उद्दार समूहलाई आवश्यक पर्ने उपकरणको व्यवस्था गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रहरी कर्मचारीको मनोबल वृद्धि गराउन आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार नै नेपाली सेना पश्चिम पृतना पोखराको टोलीले पोखराको नयाँबजारस्थित अग्नि नियन्त्रण नमुना अभ्यास गरेको छ । नमुना अभ्यासका क्रममा टोलीले आगलागीबाट बच्ने उपाय साथै अग्नि नियन्त्रण सामग्रीको प्रयोग गर्ने तरिका लगायतका विषयमा जानकारी गराएको थियो । सशस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराले ताल तलैयामा डुबेका व्यक्तिको खोजी तथा उद्धार नमुना प्रदर्शनसमेत गरेको छ ।









कास्कीकोटको सिद्ध बराह विद्यालयले एक वर्षसम्म हिरक जयन्ती मनाउने
कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जिबी डेटा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया