लोकसेवाले माग्यो २१६ सहसचिव, ४७२ उपसचिव
समाधान संवाददाता
२०७६ असोज ३० गते १३:४४

समाधान संवाददाता
काठमाडौं
लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ ।
निजामती सेवाको प्रशासनतर्फ १ सय ८१ सहसचिव र ३ सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो । स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलाइएको हो । आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकै पटक ठूलो संख्यामा विज्ञापन गरेको छ ।
योग्यता पुगेकाले मंसिर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । दरखास्त फारम आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेस गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । दरखास्त शुल्क प्रथम श्रेणीका लागि १ हजार ५ सय रूपैयाँ र दोस्रो श्रेणीका लागि १ हजार २ सय रूपैयाँ तोकिएको छ ।
सम्बन्धित









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया