‘कृषि पेसा मर्यादित र सम्मानित’

कृष्ण न्यौपाने
दमौली
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि पेसालाई मर्यादित र सम्मानित पेसा बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको बिहीबार दमौलीमा आयोजित २६ औं वार्षिक साधारणसभामा मन्त्री खनालले कृषि पेसालाई सम्मानित बनाउन सकिएमात्रै कृषि क्षेत्रको विकास र देशले मुहार फेर्न सक्नेमा जोड दिए । मन्त्री खनालले कृषि क्षेत्र कम प्राथमिकतामा परेको कारण किसान यो पेसाबाट पलायन हुने अवस्थामा पुगेकाले थप माया गर्ने नीति सरकारले लिएको जानकारी दिए ।
‘भाषणमा मात्रै माया गर्ने होइन, बजेट र योजनाले किसानको सम्मान गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खनालले भने, ‘कृषि क्षेत्रको विकास भए मात्रै देशको समृद्धि सम्भव छ ।’ कृषि योजना, चेतना र कम प्राथमिकताको कारण पछाडी परेको स्वीकार गर्दै मन्त्री खनालले कृषिबाटै नेपालको समृद्धि सम्भव रहेको प्रष्ट पारे । नेपालमा गत वर्ष १ सय ४५ अर्बको कृषिजन्य सामग्री आयात भएको र १३ अर्बको मात्रै निर्यात भएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री खनालले कृषिजन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन आवश्यकतामा जोड दिए । मन्त्री खनालले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।
संघीय सांसद केदार सिग्देलले मुलुकलाई समृद्ध बनाउने आयाम कृषि र पशुपालन रहेकाले कृषिमा सुधार गरेरै छाड्नु पर्ने बताए । राष्ट्रियसभा सदस्य प्रकाश पन्त, प्रदेश सभा सदस्य डोवाटे विक र सरिता गुरुङले राजनीतिक मुद्दा सकिएकाले अबको मुद्दा आर्थिक समृद्धिको हुनुपर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष नारायण देवकोटाको अध्यक्षतामा आयोजित साधारणसभामा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकाल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बचत तथा ऋण सहकारी संघका महासचिव चन्द्र ढकाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा, डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी लगायतले बोलेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया