साग अन्तर्गत हुने पुरुष तथा महिला ह्यान्डबलका खेलाडी छनाेट

समाधान संवाददाता
पोखरा
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्यान्डबल महिला तथा पुरुष खेलाडीको बिहीबार पोखरामा अन्तिम छनोट भएको छ ।
मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्तरगत हुने ह्यान्डबल महिला र पुरुष तर्फ १६–१६ जना खेलाडी अन्तिम छनोटमा परेका हुन् । नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपकसिं बोहोरा, संदिप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् ।
यसैगरी महिला टिमतर्फ बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, राम कुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देव कुमारी बास्कोटा छनोटमा परेका छन् ।
छनोट समितिले पुरुष र महिला तर्फ ५–५ जना वैकल्पिक खेलाडी समेत छनोट गरेको छ । महिला तर्फ बैकल्पिक खेलाडीमा जिना राई, साधना बम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन् । पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन् ।
छनोट समितिमा नेपाल ह्यान्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, नेपाल ह्यान्डबल संघका सचिव केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, ह्यान्डबलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उपनिर्देशक हिमालराज दाहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण थिए ।
खेलाडी छनोट घोषणा कार्यक्रममा बोल्दै संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले खेलाडीहरुले अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे । यसैगरि ह्यान्डबलका उपाध्यक्ष एवं गण्डकी प्रदेशका सांसद मोहन रेग्मीले सागमा सबै खेलाडीले राष्ट्रको गरिमालाई माथि उठाउने गरी आफ्नो खेल प्रस्तुत गर्न सक्दो प्रयास गर्न अनुरोध गरे ।
साग तयारीका लागि ह्यान्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडी गत असोज १६ गते बाट बन्द प्रशिक्षणमा थिए । बन्द प्रशिक्षण अन्तरगत पहिलो चरणमा २८–२८ जना र दोश्रो चरणमा २२–२२ जना खेलाडी बन्द प्रशिक्षणमा थिए । दोश्रो चरणको करिब १ महिनाको बन्द प्रशिक्षणपछि १६–१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन् । छनोट भएका खेलाडीले १३ औं साग अन्तरगत ह्यान्डबल प्रतिस्पर्धामा उत्रने छन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया