लक्षित कार्यक्रम पहुँचवालालाई मात्रैः वास्तविक किसान मारमा

समाधान संवाददाता
स्याङ्जा
किसान लक्षित कार्यक्रम पहुँचवालालाई मात्रै हुने गरेको गुनासो गरेका छन् । वास्तविक किसान मारमा परेका भन्दै टाठाबाठाले मात्रै सरकारको सुविधा लिएको बताएका हुन् ।
भीरकोट नगरपालिकाले गरेको सार्वजानिक सुनुवाइमा किसान सन्तोष केसीले २० ओटा बाख्रा पाल्ने किसानले सरकारको अनुदान पाउने तर दुरदराजका १ सय बाख्रा पाल्ने किसानलाई सरकारका सेवा सुविधाका बारेमा थाहा नहुने उल्लेख गरे ।
स्थानीय तहले अनुदान वितरण गर्दा वास्तविक किसानको पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने भन्दै केसीले किसानले डोकोभरि ल्याएको कृषि उपज बेच्ने ठाउँ र डोको बिसाउने ठाउँ खोई भनी प्रश्न गरे ।
कृषि प्रधानदेश नेपालमा कृषि र किसानलाई प्राथमिकता दिइएन भने समृद्धि हासिल गर्न नसकिने केसीको भनाइ थियो ।
केसी जस्तै अन्य सहभागीले समेत राज्यका सेवा सुविधा सुटबुटमा ठाँटिएकाले मात्रै लिने गरेको गुनासो गरे ।
कार्यक्रममा भीरकोट उद्योग वाणिज्य संघ अध्यक्ष भक्तबहादुर केसीले नगरपालिकाले सञ्चालनमा ल्याएको बसपार्क प्रयोगविहीन भएको भन्दै ध्यानार्कषण गराए ।
उनले सवारी व्यवस्थापनका लागि बनाइएको बसपार्क प्रयोग नहुँदा बजारमा सवारी दुर्घटना बढ्ने बताए ।
तिहारमा खेलिने देउसी, भैलोको मौलिकता हराएकोप्रति हुमबहादुर गुरुङे चिन्ता गरे । तिहारमा स्पिकरमा गीत बजाएर देउसी, भैलो खेलिने गरेको बताउँदै यसले परम्परागत भैलोको मौलिकता हराएको उल्लेख गरे ।
गुरुङ जस्तै अन्य सहभागीले मौलिक परम्परागत संस्कृति लोप हुन लागेको भन्दै युवालाई हस्तान्तरण आवश्यक रहेको बताए ।
नगरप्रमुख छायाँराम खनालले कृषिमा पर्याप्त जनशक्ति नहुँदा उचित काम गर्न नसकेको स्वीकार गर्दै कृषिलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए ।
उनले दीर्घकालीन योजनाका साथ नगरपालिका अघि बढेको भन्दै विज्ञ राखेर ३, १० र १५ वर्षे योजनाका खाका सुनाए ।

विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया