‘सामुदायिक वनलाई आम्दानीको स्रोत बनाऔं’

समाधान संवाददाता
दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकामा रहेका सामुदायिक वनलाई आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिइएको छ । शुक्लागण्डकी ५ बेलचौतारामा भएको सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ शुक्लागण्डकी नगरपालिकाको दोस्रो साधारणसभामा बोल्ने वक्ताले यस्तो बताएका हुन् । घाँस, दाउरा काठबाहेक अन्य आम्दानीमूलक विरुवा लगाई वनलाई प्रमुख आम्दानीको स्रोत बनाउनुपर्ने उनीहरुले बताए ।
शुक्लागण्डकीकी उपमेयर सविता रसाइलीलेसामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गरी आम्दानी लिनुपर्ने औंल्याइन् । ‘वनमा आम्दानी दिने खालका विरुवा लगाउन सकिन्छ,’ उनले थपिन्, ‘यसले गर्दा वनको माध्यमबाट नगर समृद्धिको बाटोतर्फ लम्कन्छ ।’ उनले नगरभित्र रहेका सामुदायिक वनलाई सूचीकृत हुन आग्रह गरिन् । ‘नगरमा कति सामुदायिक वन छन्, हामीलाई थाहा छैन,’ उनले भनिन्, ‘तथ्यांक भएमात्र हामीलाई पनि काम गर्न सहज हुन्छ ।’
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य मुक्तिनाथ तिमिल्सिनाले हावापानी र माटोलाई मध्यनजर गर्दै विरुवा लगाउनेबारे छलफल चलाउन सामुदायिक वनका प्रतिनिधिलाई आग्रह गरे । ‘वनबाट घाँस र काठमात्र उत्पादन हुने होइन,’ उनले भने, ‘जडिबुटिजन्य विरुवा र बजारमा माग भएका विरुवा लगाई आम्दानी लिने सोच राख्न जरुरी छ ।’
इलाका वन कार्यालय बेलचौताराका प्रमुख सहायक वन अधिकृत काशीराज पण्डित, जिल्ला समन्वय समिति सदस्य सरस्वती गौतम, शुक्लागण्डकी १ का अध्यक्ष रविचन्द्र पौडेल, महासंघका तनहुँका उपाध्यक्ष प्रकाश श्रेष्ठ, निर्वतमान जिल्ला सचिव रामेश्वर भट्टराई, नगरपालिकाका कानुनी सल्लाहकार चेतनारायण पौडेल, जलवीरे सामुदायिक वनकी ममिता गुरुङ लगायतले बोलेका थिए । शुक्लागण्डकी नगरपालिकामा अहिले ८७ सामुदायिक वन छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया