तनहुँमा छुट्टाछटै सवारी दुर्घटनामा परि २ घाइते

समाधान संवाददाता, तनहुँ
ब्यास नगरपालिका-३ भतेरिचोक स्थित पृथ्वी राजमार्गमा चापाघाटबाट दमौली तर्फ आउँदै गरेको ग ६ प २६७७ नम्बरको मोटरसाईकलले एक पैदल यात्रीलाई ठक्कर दिएकाे छ । ऐ.ऐ.१० कुमालटारी बस्ने वर्ष अन्दाजी ५०/५५ को कृष्ण बहादुर रानालाई ठक्कर दिंदा घाईते भई उपचारको लागि रत्नहरि अस्पताल दमौली ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि १०:५० बजे मणिपाल अस्पताल पोखरा पठाईएको छ । उनकाे अवस्था गम्भिर रहेकाे छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरी ब्यास नगरपालिका-३ दुर्गा मन्दिर लाइन स्थित पृथ्वी राजमार्गमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ४७२१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बसमा ग.१३ प ४१०० नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिदाँ मोटरसाईकल चालक जिल्ला तनहुँ ब्यास नगरपालिका-१ बस्ने वर्ष २४ को सुमन परियार घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली तर्फ पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।








कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया