तालवाराही आरती समितिमा अक्षयकोष

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १३:५१

समाधान संवाददाता
पोखरा

Advertisement

तालवाराही आरती सेवा समितिमा अक्षयकोष स्थापना भएको छ । पोखरा बैदामका समाजसेवी, साविक जिविस पूर्व सभापति तथा होटल संघ पोखराका पूर्व अध्यक्ष रमेशबहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैयाँ प्रदान गरेका हुन् ।

फेवा तालको किनार वाराही घाटमा सञ्चालित आरतीको युगयुगान्त निरन्तरताको कामना गर्दै आफूले अक्षयकोष स्थापनार्थ रकम प्रदान गरेको भट्टराईले बताए । उनले आवश्यक परेको जुनसुकै बेला आफू आरतीलाई सहयोग गर्न तयार समेत स्पष्ट पारे ।

तालवाराही आरती सेवा समिति अध्यक्ष गिरिराज अधिकारीका अनुसार १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ । अधिकारीले भने, ‘धर्म संस्कृतिको संरक्षणसँगै पोखरामा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको महाआरतीबारे मानिसहरुले बुझ्दै छन् ।’ उनले थपे, ‘आरतीको महत्व बुझेर नै समाजसेवी रमेशबहादुर भट्टराईले अक्षयकोषका लागि रकम प्रदान गर्नुभयो ।’ अध्यक्ष अधिकारीका अनुसार अक्षय कोषमा रमेशबहादुर भट्टराईले रकम प्रदान गरेसँगै अन्य व्यक्ति पनि आरतीको निरन्तरताको कामना गर्दै अक्षयकोषमा रकम प्रदान गर्ने क्रम सुरु भएको छ ।

यस्तै स्वर्गीय बाबा योगेन्द्रबहादुर भट्टराई र स्व. आमा सीता भट्टराईको स्मृतिमा शान्ता भट्टराई, डा. शर्मिला भट्टराई र सरीता भट्टराईले तालवाराही आरती अक्षयकोषमा १ लाख १ हजार १ सय १ प्रदान गरेको समिति अध्यक्ष अधिकारीले बताए ।

Advertisement

बैदामकै ढाकाबहादुर थापाले २५ हजार र दामोदर गिरीले पनि २५ हजार प्रदान गरेको आरतीले सेवा समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया