अन्नपूर्ण बेस क्याम्पमा १ को निधन २ घाइते

समाधान संवाददाता
पोखरा
अन्नपूर्ण बेस क्याम्पतर्फ घुम्न गएका १ युवकको बुधबार हिमपहिरोमा परी निधन भएको छ । पोखरा ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनाल रहेको प्रहरीले जनाएको छ ।
सञ्जयसँगै गएका अन्य २ युवा गम्भीर छन् । घाइते भएका पस्र्याङका १८ वर्षीय निरञ्जन कोइराला र पोखरा फुलबारीका २० वर्षीय सन्तोष बास्तोलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
व्यक्तिगत तरिकाले घुम्न गएका उनीहरुलाई अर्को टोलीले हिमपहिरोमा परेको थाहा पाएपछि मात्रै प्रहरीसँग सम्पर्क भएको थियो ।
घाइतेलाई तत्कालै हेलिकोप्टरद्वारा उद्धार गरिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । घटनास्थलमै निधन भएका खनालको शव भने ल्याउन नसकिएको उनले बताए । ‘शव घटनास्थलमै छ, मौसम खराबीका कारण आज ल्याउन सकिएन,’ कार्कीले भने । भोलिमात्रै शव पोखरा ल्याइने प्रहरीले बताएको छ ।
उनीहरु सोमबार ट्रेकिङका लागि गएका थिए । अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङ गएका युवा बगरमा हिउँको ओडारमा फोटो खिच्ने क्रममा हिउँको ढिस्को खसेपछि पुरिएको प्रहरीले जानकारी दिएको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया