मुस्ताङमा पर्यटककाे ओइराे, हाेटेल तथा हाेमस्टे भरिभराउ

जोमसोम गुम्बा नजिक पर्यटकको गुल्जार । तस्बिरः एसके थकाली
एसके थकाली
जोमसोम
दसैं सकिएलगत्तै मुस्ताङमा पर्यटक सरगर्मी बढेको छ । पर्वपछिको लामो बिदामा बसेका स्कुल तथा कलेज विद्यार्थी, कार्यालयका कर्मचारी, वित्तीय संस्था, आमा समूह, जनप्रतिनिधि, टोल, समाज लगायत मुस्ताङ भ्रमणले मुस्ताङको पर्यटन व्यवसाय गर्मिएको हो । मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न भारतीय तथा विदेशी पर्यटकसमेत वृद्धि भएपछि मुस्ताङ गुल्जार छ ।
जिल्ला ट्राफिक कार्यालय इन्चार्ज सई बद्रीनाथ शर्माका अनुसार दसैंदेखि हालसम्म करिब ७ हजार पर्यटक भित्रिएका छन् । दसैैंपछि हालसम्म ५ हजार ४ सय ११ सवारी साधन भित्रिएका छन् । उनका अनुसार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको भूगोलसँग रमाउन स्कुल तथा कलेजका विद्यार्थी बढी आएका छन् ।
पोखरा–जोमसोम हवाई सेवाको उडानसमेत वृद्धि भएको छ । यहाँ उडान भर्ने तारा र समित एअरलाइन्सले दैनिक १२ वटासम्म उडान गरेको तारा एअरलाइन्सका कर्मचारी दुर्गा पुनले जानकारी दिए । उनका अनुसार जोमसोम आउने टुइनटर जहाजले १ पटकमा १८ यात्रु बोक्छन् । यसको अनुपातमा दैनिक २ सय पर्यटक आकाशमार्ग भएर मुस्ताङ आउने गरेको उनको भनाइ छ । हवाई सेवामार्फत मुस्ताङ आउनेमा विदेशी पर्यटक बढी छन् ।
पर्यटकको आगमनसँगै यहाँका साना ठूला सबै होटल भरिभराउ छन् । पर्यटकले जोमसोम भरिएपछि नजिकैको ठिनी होमस्टेमा समेत पर्यटक पुग्ने गरेको होमस्टे सञ्चालक जुमा थकालीले बताइन् । उनका अनुसार दसैंलगत्तै होमस्टेमा दैनिक २० देखि १ सय पर्यटक बास बस्न आउने गरेका छन् ।
दसैं बिदामा आएका युवा पर्यटक यसपटक कोरलानाका तथा लोमान्थाङसम्म पुग्ने गरेका छन् । उपल्लो मुस्ताङमा दैनिक २० देखि ५० वटासम्म मोटरसाइकल सवार युवा पुगेको बताइएको छ । यसअघि दसैं अघिको सोह्रश्राद्ध तिथिमा करिब २० हजार तीर्थालु श्राद्ध गर्न मुस्ताङ आइपुगेका थिए ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया