पोखरामा पनि सेनाको अस्पताल

समाधान संवाददाता
पोखरा
नेपाली सेनाले काठमाडौंबाहिर अस्पतालको संख्या बढाउने भएको छ । अहिलेसम्म नेपालगञ्जमा मात्रै अस्पताल सञ्चालनमा ल्याएको सेनाले पोखरा र इटहरीमा अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । दुवै अस्पतालमा ५०÷५० शड्ढया रहने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
‘पोखरा र इटहरीमा अस्पताल भवन तयार भइसकेको छ । अब अस्पतालको उपकरण खरिद प्रक्रिया सुरू हुने क्रममा छ,’ प्रवक्ता पाण्डेले भने, ‘सेना दिवसका दिनदेखि अस्पताल सञ्चालन गर्ने हाम्रो योजना हो ।’
अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने पाण्डेले जानकारी दिए ।
आकस्मिक कक्ष सबैका लागि तथा बहिरंग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने सेनाले जनाएको छ ।
निश्चित दिन तोकेर गैरसैनिकका लागि पनि बहिरंग सेवा उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।
अर्को आर्थिक वर्षदेखि धनगढी र बर्दिबासमा पनि अस्पताल निर्माणको काम सुरू हुने सेनाले जनाएको छ । धनगढी र बर्दिबासमा भने २६÷२६ शड्ढयाको अस्पताल बन्नेछ । काठमाडौंमा मेडिकल कलेजसहित छाउनीमा अस्पताल र नर्सिङ कलेजसमेत सेनाले सञ्चालन गरिरहेको छ ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया