जोमसोम एयरपोर्टमा सडक चौडा पारिँदै

जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान र ट्राफिक प्रहरीले सडक फराकिलो पार्दै । तस्विरः एसके थकाली ।
एसके थकाली, जोमसोम
जिल्ला सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट बजार क्षेत्रमा शनिबार प्रहरीले सडक फराकिलो पारेको छ । पछिल्लो समय मुस्ताङमा सवारी साधन तथा पर्यटक बढ्न थालेपछि जिल्ला प्रहरी कार्यायल र ट्राफिक प्रहरीले सडक फराकिलो बनाउन सुरु गरेको हो ।
प्रहरी र ट्राफिक प्रहरीले स्थानीय होटल व्यवसायीको सहमति र सहकार्यमा होटल अगाडि रहेको पर्खाल, साइनबोर्ड र रुखहरु हटाएका हुन् । सडकको खाल्डाखुल्टी पुर्ने र सम्याउने काम भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सडक फराकिलो बनाउन करिब ५० जना प्रहरीले श्रमदान गरे । रुख उखेल्न डोजरसमेत प्रयोग गरिएको प्रहरी प्रमुख कार्कीले बताए ।
मुस्ताङमा दिनहँु सयौंको संख्यामा सवारी साधन भित्रिएकाले जोमसोम क्षेत्रमा ट्राफिक व्यवस्थापन असहज भएको ट्राफिक सई बद्रीनाथ शर्माले जानकारी दिए । सई शर्माले व्यवसायीको साथ सहयोगले बजार क्षेत्रको दोहोरो सवारी आवागमन सहज पारिएको बताए ।
यसअघि जोमसोमक्षेत्रको ट्राफिक व्यवस्थापनका लागि पालिकाले २ पटक बैठक बसेर पहल गरे पनि कार्यान्वयन हुन सकेको थिएन । प्रहरी र ट्राफिककै सक्रियतामा सडक आसपासका भौतिक सामाग्री हटाएपछि सडक खुल्ला भएको छ भने बजार क्षेत्रको सौन्दर्यसमेत वृद्धि भएको सई शर्माले उल्लेख गरे ।
बजार क्षेत्रमा मुस्ताङ आएका पर्यटक खाना, खाजा, किनमेल र विश्राम गर्ने अवस्थामा सवारी रोकिँदा दुईतर्फी आवागमन असहज भएको थियो । घरपझोङ गाउँपालिकाले लाखौं रुपैयाँ खर्चिएर बनाएका रात्रिकालीन पार्किङ सेवा अपायक भएकाले प्रयोग विहिन भएको छ । प्रहरीले दिवाकालीन पार्किङ सहज बनाउन सडक छेउछाउका वस्तु हटाएको हो ।









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया