नवीन कलाश्री पुरस्कार किरणलाई

पोखर, २५ कात्तिक (समाधान) –
कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले स्थापना गरेको नवीन कलाश्री पुरस्कार २०७६ वरिष्ठ कलाकार किरण मानन्धर काठमाडौंलाई प्रदान गरिने भएको छ । ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको पुरस्कार गोपाल श्रेष्ठ संयोजक रहेको प्रतिभा छानोट समितिले निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
आउँदो मंसिर १ गते नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौंमा आयोजना हुने समारोहमा मानन्धरलाई पुरस्कृत गरिने प्रतिष्ठानका सचिव कमल पौडेल अथकले जानकारी दिए । प्रतिभा छनोट समितिमा संयोजक गोपाल श्रेष्ठ, सदस्य झपिन्द्र गुरुङ, हेमकान्ति गुरुङ र पदेन सदस्यमा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङ र सचिव कमल पौडेल रहेका थिए ।
मंसिर १ मा हुने सभामा संस्कृतिविद् सत्यमोहन जोशीले मानन्धरलाई पुरस्कृत गर्ने छन् । उक्त पुरस्कार कला क्षेत्रमा लागेका कलाकारलाई प्रत्येक २ वर्षमा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष एवं परिवारका सदस्य निरज कायस्थले जानकारी दिए । पोखरा तेर्सापट्टिमा प्रधान कार्यालय रहेको प्रतिष्ठानले विभिन्न स्कुलमा विद्यार्थीलाई कला बारे कक्षा सञ्चालन गर्दै आएको छ । कलाकार क्षेत्रलाल कायस्थले पोखरामा रहेर विभिन्न कलरमा कला भर्दै आएका छन् । पुरस्कार वितरणसँगै कला प्रदर्शनीकोसमेत तयारी गरिएको सचिव पौडेलले जानकारी दिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया