प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत

शिशिर पाैडेल
पोखरा
प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आउनुभएको छ ।
प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आउनु भएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उहाँको स्वागतमा पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्तिहरु, आमा समुह, क्लव, विभिन्न संघ संस्थाका प्रतिनिघी र स्थानियवाशी लामवद्घ भई प्रमुख प्यासीलाई फुल माला र खादा लगाई सम्मान गरेका थिए ।उहाँको सम्मानमा स्थानियहरु पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । प्यासीलाई स्वागत गर्न वालवालिका देखि ८० वर्ष कटेका जेष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए ।
उहाँलाई स्वागत गर्न संघिय संसदका सांसद खगराज अधिकारी, नेकपा कास्कीका ईन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका सांसद कुमार खड्का, प्रभा कोइराला, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतका वाटुलेचौर पुगेका थिए । प्यासीलाई उहाँको निवासमा प्रहरीको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।
प्रदेश प्रमुख प्यासीलाई स्थानिय प्रगतिशील आमा समुहले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।उहाँ आज दिनभर जसो नै आफ्नै निवासमा भेटघाटमा व्यस्त रहनु भएको छ ।









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया