नयाँगल्लीलाई भेट्रान्स कपकाे उपाधि

समाधान संवाददाता
पोखरा
इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा सम्पन्न ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को उपाधि आयोजक नयाँगल्ली) ले जितेको छ ।
पुरानो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा एलजी एसोसिएसनलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै आयोजनकले उपाधि जितेको हो । आयोजकको जितका लागि सन्तोष गुरुङले १ र नरेश केसीले २ गोल गरे । खेल अवधिभर एलजीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न पर्यो ।
कपको उपाधिसँगै नयाँगल्लीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६६ हजार प्राप्त गर्यो भने उपविजेता टिम एलजीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ४० हजार हात पार्यो ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा नयाँगल्लीका दिलीप गु्रुङ पुरस्कृत बनेसँगै रुपाकोट रिसोर्टमा १ रात निशुल्क खाना तथा आवासको हकदार बने । त्यस्तै सर्वाधिक गोलकर्ताको रुपमा सोही टिमकै नरेश केसी, उत्कृष्ट मिडफिल्डर आयोजककै झकबहादृुर क्षेत्री, उत्कृष्ट गोलरक्षक सोही टिमकै सुमन गुरुङ घोषित भए भने उत्कृष्ट डिफेन्डर एलजीका सुनिल राना बने ।
फाइनलअघि सम्पन्न जुनियर एकेडेमीतर्फ ढिकुरपोखरी एकेडेमीलाई २–० गोलले पराजित गर्र्दै विष्णुपादुका एकेडेमी हेमजा विजयी बनेको थियो । दुवै टिमका खेलाडीहरुले मेडल तथा सिल्ड प्राप्त गरे । १५ टिमको सहभागितामा कात्तिक २५ देखि सञ्चालनमा रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टिमका खेलाडीलाई पोखरा महानगरपालिका १ का अध्यक्ष शारदा पराजुली, स्व. देश्ना चन्दका पिता विवेक चन्द र माता ग्रीष्मसिंह चन्द, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दीपक थापामगर, चन्द्र गुरुङ तथा इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया