सचिनले भेटे प्रधानमन्त्री
समाधान संवाददाता
२०७६ मंसिर १ गते १४:३३

समाधान संवाददाता, काठमाडाैं
गत शुक्रबार नेपाल आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
युनिसेफका सद्भावनादूतका रुपमा नेपाल आएका तेन्दुलकरले आइतबार प्रधानमन्त्री निवासमा ओलीलाई भेटेका हुन्।
सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर मार्फत जानकारी गराएका छन्।
‘उनले बालअधिकारको संरक्षण र उनिहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए,’ प्रम ओलीले लेखेका छन्।
यसअघि सचिनले शनिबार कीर्तिपुरस्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए।
टियु मैदानमा बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनको टिम र पूर्वकप्तान विनोद दासको टिमबीच मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको थियो।
सम्बन्धित









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया