विद्युत चुहिएर आगलागी हुँदा ४ घाइते

समाधान सम्वाददाता
दमौली
विद्युत चुहिएर घरमा आगलागी हुँदा आइतबार राति भानु नगरपालिका २ फुस्रेटारमा ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकै परिवारका ४ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट घाइते हुनेमा ३२ वर्षीय करण नेपाली, २८ वर्षीया बिमाया नेपाली, १३ वर्षीया डिटिशा नेपाली र ११ वर्षीय बिपीन नेपाली रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
घाइते हुनेहरु श्रीमान्, श्रीमती र छोराछोरी हुन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान अनुरोध गरेपछि पीडित परिवार आइतबार राति घर फर्किएको थियो ।
भानु नगरपालिकाका कार्यपालिका सदस्य देव भुजेलको सक्रियतामा पीडितको थप उपचारका लागि केही रकम संकलन गरिएको छ । ‘आर्थिक अवस्था कमजोर रहेकोले थप उपचारका लागि अन्यत्र जान सक्ने अवस्था नदेखिएपछि स्थानीयले रकम संकलन गरेर उनीहरुलाई पोखरा पठाएका छौं,’ भुजेलले भने ।
प्रहरी र स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा लगायत गरी १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया