भारतीय बहुराष्ट्रिय कम्पनीको उद्घाटनमा तिब्बती गीतले स्वागत

समाधान संवाददाता २०७६ मंसिर ३ गते १४:११

एसके थकाली, जोमसोम

Advertisement

दक्षिणको प्रसिद्ध भारतीय बहुराष्ट्रिय व्यसायीक कम्पनीले मुस्ताङको जोमसोममा आयोजना गरेको कार्यक्रममा नृत्य सहितको तिब्बतीयन सांस्कृतिक स्वागत गीत प्रस्तुती भएपछि स्थानीय सरोकारवालामा थप कौतुहलता सृजना गरिदिएको छ ।

भारतको प्रसिद्ध टाटा मोटर्स कम्पनी तथा सिप्रदी कम्पनीको सहकार्यमा आयोजित कार्यक्रम विशुद्ध नेपाली मौलिक गीतलाई प्राथमिकता नदिई तीब्बतीयन संस्कृतीको बढुवा हुनेगरी स्वागत गीत प्रस्तुत हुदाँ यसले कुटनितिक संम्बन्धमा नकारात्मक प्रभाव पार्ने संकेत देखिएको छ । भारतीय कम्पनीका अन्तराष्ट्रिय सीभिबियु सिईओ गणेश सेट्टी, सिप्रदी टेनिङका सिईओ राजनबाबु श्रेष्ठ सहित टाटा मोटर्सका प्रवुद्ध हस्ती तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकाली सहित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, व्यवसायी र पत्रकार सम्मिलित कार्यक्रममा तीब्बतीयन संस्कृतिलाई बढुवा हुने गरी प्राथमिकता दिईएको हो ।

स्मरण रहोस् नेपालकै उत्तरी सीमासंग जोडिएको कोरलानाका माथि चीनको स्वशासित क्षेत्र तीब्बत पर्छ । तीब्बतमा २०३० सालमा खम्बा बिद्रोह भएको थियो । त्यस समय भएको तिब्बतीयन बिद्रोहमा खम्बाहरुले मुस्ताङको भुगोल प्रयोग गरेको ईतिहास छ । नेपाल सरकारले तीब्बतीयन खम्बालाई विस्थापित गरेपछि मुस्ताङको छैरोमा केही खम्बाहरु शरणार्थी भई बसेका छन् ।

त्यसो त मुस्ताङमा अमेरीका, भारत र चीनको कुटनितिक थलोको रुपमा प्रयोग भईरहेको पाईन्छ । मुस्ताङका शैक्षिक संस्था, धार्मिक तथा सास्कृतिक संम्पदा र पूर्वाधार विकासमा यी देशहरुले प्रत्यक्ष परोक्ष रुपमा लगानी गरेको पाईन्छ । केही महिना अघि अमेरीकी राजदुत रेन्डी वरी मुस्ताङ आएका थिए भने भारतीय अधिकारी समेत मुस्ताङमा आउने गरेको थुप्रै उदाहरण छन् ।

Advertisement

पछिल्लो समय भारतले आफ्नो नक्सामा दार्चुलाको कालापनीक्षेत्रको लिपुलेक र लिम्पियाधुरा समेटिएको र नेपालमा त्यस्को चौतर्फी विरोध भईरहेको अवस्थामा भारतीय कम्पनीले कार्यक्रममा तीब्तीयन संस्कृतिलाई प्राथमिकतामा राखेपछि नेपाली संस्कृति र नेपाल र चीनबीचको सम्बन्धलाई दुरी लम्ब्याउने कार्य भईरहेको विश्लेकहरु बताउछन् । किन बज्यो मुस्ताङमा भारतीय कार्यक्रममा तिब्बतीयन गीत , किन ओझेलमा पारियो नेपाली संस्कृति र मौलिकता बहशको विषय बन्न थालेको छ ।

कार्यक्रममा मुस्ताङको छैरोमा बस्ने तिब्बतीयन शरणार्थीले तिब्बतीयन क्षेत्रको ठोकामा नाचिने ठोका नृत्य सहितको गीत प्रस्तुत गरेका थिए । यो नेपालको स्वाभिमानको पक्षमा नभएको कतिपयको बुझाई छ । सोही कार्यक्रममा अतिथिको रुपमा उपस्थित मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भारतीय कम्पनी सम्मिलित वर्कसप उद्घाटनमा आमन्त्रण गरेर आफु पुगेको र कार्यक्रमका बारेमा बिस्तृत जानकारी नगराएको बताए । उनले कार्यक्रममा प्रस्तुत भएको तिब्बतीयन गीतको शब्द र भाषाको आशयका बिषयमा अनुसन्धान भईरहेको जानकारी दिए।

उनले नेपाली कला संस्कृतिको अपमान र राष्ट्रिय स्वभिमान बिरुद्ध ठहरिए कारबाही गरिने उल्लेख गरे ।

मुस्ताङमा सिप्रदीको २५ औं वर्कसप शाखा बिस्तार जोमसोम

मुस्ताङ सदरमुकाम जोमसोममा सिप्रदी टेनिङले आफ्नो २५ औं वर्कसप शाखा बिस्तार गरेको छ । शाखा बिस्तारसंगै कम्पनीले टाटा मोटर्स कम्पनी तथा सिप्रदीकै पहिलो अग्लो उचाईमा वर्क शाखा बिस्तार गरेको समेत जनाएको छ ।

भौगोलिक रुपमा बिकट र बिकास पूर्वाधार संञ्चालन भईरहेका दुरदराजका स्थानमा सिप्रदीले आफ्ना ग्राहकहरुलाई सेवामैत्री फराकिलो बनाउदै लगेको छ । जहाँ टाटा कम्पनीका सवारी गड्छन ,त्यहाँ सिप्रदीका दक्ष सवारी प्राविधिक खटाउने र सेवा शाखा बिस्तार गर्ने उद्देश्यले शाखा बिस्तार भएको सिप्रदीले जनाएको छ । हिमालयक्षेत्रको मुस्ताङ सदरमुकाम जोमसोमको २७ सय मिटर रेञ्जमा पहिलो पटक सिप्रदीले सेवा बिस्तार गरेको हो । शाखाको घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले एक समारोहकाबीच उद्घाटन गरे । अध्यक्ष थकालीले सिप्रदी मोटर पार्टस तथा सेवा बिस्तारले यातायताय व्यवसायी तथा आम पर्यटकलाई सुविधा पुगेको बताए । उनले सिप्रदी शाखा विस्तारसंगै सेवामुखि भएर लाग्न समेत सुझाए ।

यस्तै सिप्रदी कम्पनीका सिईओ राजनबाबु श्रेष्ठले सिप्रदीले ग्राहक तथा आम सर्वसाधारणको सेवालाई सहज तुल्याउन वर्कसप शाखा बिस्तार भएको बताए । उनले कम्पनीले २७ बर्षदेखी टाटा मोटर्ससंग सहकार्य गर्दै अघि बढेको जनाए । कम्पनीले टाटा संग सहकार्य गर्दै नेपाली भुगोल सुहाउदो गणस्तरको गाडी भित्र्याएको जानकारी दिए । कम्पनीले मेची देखि महाकाली सम्म वर्कसप शाखा बिस्तार गर्ने योजना रहेको सिईओ श्रेष्ठले उल्लेख गरे । उनका अनुसार कम्पनीले छिटो छरितो र सहज सेवा प्रवाह गर्न दक्षजनशक्ति उत्पादनमा समेत जोड दिएको बताए । कम्पनीले सिप्रदी एप्स मार्फत स्पोर्समै पुगेर सेवा दिने गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया