तिब्बती नाचबारे ७ दिने स्पष्टीकरण

छैरोस्थित तिब्बती शरणार्थी क्याम्पका कलाकारबाट भएको तिब्बती ठोका नृत्य । तस्बिरः समाधान ।
एसके थकाली
जोमसोम
भारतको टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबार जोमसोममा आयोजना गरेको २५ औं वर्कसप उद्घाटनमा तिब्बती स्वागत नृत्य समावेश गरेको भन्दै स्थानीय प्रशासनले ७ दिने स्पष्टीकरणको माग गरेको छ ।
सिप्रदीले भारतीय टाटा मोटर्सका कार्यकारणी प्रमुखसहित आधा दर्जन भारतीय व्यापारी प्रतिनिधिको रोहबरमा वर्कसप उद्घाटन गरेको थियो । कार्यक्रमकै सुरुआतको स्वागत गीतमा तिब्बती नृत्य समावेश गरेपछि यस विषयले चर्चा पाएको थियो ।
कार्यक्रममा नेपाली मौलिक नृत्य तथा स्थानीय सांस्कृतिक नृत्यलाई लत्याएर घरपझोङ १ छैरोस्थित तिब्बती शरणार्थी क्याम्पबाट कलाकार झिकाई तिब्बती स्वागत गानबाट स्वागत नृत्य प्रस्तुत गरिएकोप्रति स्थानीय प्रशासनले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । अनुमतिबिना कार्यक्रममा नृत्य देखाइएको हँुदा आयोजक र क्याम्पसँग स्पष्टीकरण पत्र बुझाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
स्पष्टीकरणमा नेपाल सरकारको नीति नियम पालना गरी क्याम्प बस्नुपर्नेमा नियमको उल्लंघन गरी कार्यक्रममा संलग्न हुन मिल्छ ? कार्यक्रममा सहभागी हुन कसले अनुमति दियो ? र यसमा संलग्न जिम्मेवार को को हुन् ? यसको स्पष्ट जवाफ व्यहोरासहितको कारण खुलाउनसमेत निर्देशन गरिएको छ ।
सरकारले उत्तरी कोरला नाका खोल्ने तयारी गरिरहँदा भारतीय व्यापारी सम्मिलित कार्यक्रममा यसप्रकारको तिब्बतीयन गतिबिधिले नाका खोल्न र एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतालाई समेत आघात पुग्ने जनाइएको छ ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया