पर्वतमा गौ महोत्सव हुने

समाधान संवाददाता
पर्वत
गाई संरक्षण गर्दै प्रचार गर्न संस्थाले मंसिर १९ देखि २३ गते सम्म गौ महोत्सव आयोजना गर्ने भएको छ । राष्ट्रिय जनावर गाई संरक्षण गर्न पर्वतका धार्मिक अगुवा अग्रसर भएका हुन् । जलजला गाउँपालिका ७ धाइरिङमा २०७२ सालमा स्थापित गण्डकी गोपाल गोरक्ष गोकुलधाम क्षेत्रको संस्थामा गाई पालन थालिएको हो । संस्थामा अहिले ३० वटा गाई छन् । धाइरिङका धार्मिक व्यक्तिले मानव सभ्यता र गाईको सहचर्यात्मक सम्बन्ध जोगाउन गाई पालन गरेका हुन् ।
गाई संरक्षण मानव जातिकै संरक्षण सरह रहेको बताइएको छ । पत्रकार सम्मोलनमा महोत्सव आयोजक समितिका महासचिव जगन्नाथ आर्चायले नेपालको पहिचानसँग गाईको जातीय पहिचान रहेको हुँदा महोत्सव आयोजना गरेको बताए। उनले भने ,‘जन्मदेखि मृत्यु संस्कार र त्यस उप्रान्तका कार्यहरुमा पञ्चगव्य आवश्यक हुने गाई संरक्षणमा सबै लाग्न सन्देश दिने हो । यो महान् कार्यमा सबैको सहयोग प्राप्त हुने आचार्यले बताए ।
माहयज्ञ मुल आयोजक समिति अध्यक्ष राजुप्रसाद आचार्यले पर्वत जिल्लाको कालाञ्चार क्षेत्रको विश्वभर प्रचारप्रसार गरी गाई रक्षार्थ पर्वतवासीले देखाएको कार्य सबैले अनुशरण गर्ने आशा विश्वास व्यक्त गरे । पुराण प्रसिद्ध कालञ्जर मृगतीर्थको महिमा प्रकाशन, गौशाला सुदृढ व्यवस्थापन र आवश्यक संरचना निर्माण, स्थानीय गोवंशको संरक्षण जस्ता प्रमुख उद्धेश्य छन् ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया