विकाससँगै पर्यावरणीय विनाश

सुन्दरकुुमार थकाली
जोमसोम
समुन्द्री सतहदेखि २ देखि ५ हजार मिटरको उचाइमा रहेको मुस्ताङ पछिल्लो समय वातावरण तथा पर्यटन पदमार्ग विनाशले संकटमा पर्न थालेको छ । सरकारले सञ्चालन गरिरहेको अपरिपक्व विकाससँगै पर्यावरणीय क्षेत्रमा नकारात्मक प्रभाव परेको हो ।
पर्यटनक्षेत्रलाई असर हुनेगरी सरकारले अवैज्ञानिक ढंगबाट सडक सञ्जाल विस्तार गर्दा समस्या भएको छ । मुस्ताङको कृषि र पर्यटनले धानिएको जीवनस्तर संकटमा पर्दै गएको हो । मुस्ताङका महत्वपूर्ण पर्यटकीय पदमार्ग संकटमा परेको छ । छोटो तथा लामोदुरीको पर्यटकीय पदमार्ग स्थलमा सडक जोडिएको र मासिएकाले पर्यटकको बसाई न्यून हुँदै जान थालेको छ । अवैज्ञानिक सडक विस्तारले हिमाली क्षेत्रको प्राकृतिक सम्पदा र पर्यटनमा असर पुर्याएको छ । स्थानीय क्षेत्रमा शाखा सडकले पर्यटकको पदयात्रा गर्ने दुरी छोटिएको एक्याप जोमसोमले जनाएको छ । यसअघि ३ साता लाग्ने राउन्ड अन्नपूर्ण पदयात्रा अब ४ दिनमै सीमित भएको छ । लमजुङको बेसी सहरदेखि अप्पर मनाङसम्म र मुस्ताङको मुक्तिनाथदेखि पोखरासम्म सडक जोडिएकाले पर्यटकको बसाई घटेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
सयाैंको संख्यामा सवारी साधन मुस्ताङ भित्रिन थालेपछि कार्बन उत्र्सजनको मात्रा वृद्धि भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर यसैको कारण हुन पुगेको स्थानीयहरु बताउँछन् । चिसो भूगोलको तापक्रम दर वृद्धि भएकाले हिमालको सौन्दर्यता घट्दै गएको छ भने असन्तुलित हावापानीले कृषि र पशुपालन व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ । प्रकृति संरक्षण र विकास द्वन्द्वले मुस्ताङमा विभिन्न प्रकोप देखा पर्न थालेको छ । हरिया सम्पदा र जंगल फडानीले प्राकृतिक बनस्पती र बन्यजन्तु पलायन भइरहेको छ ।
तिलिचो ताल नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तब्य हो । छिमेकी जिल्ला मनाङ हँुदै विदेशी पर्यटक तिलिचो पुग्छन् । फर्कदा मेशोकोन्दो, नमखुलेक हँुदै घरपझोङको ठिनी ओर्लन्छन् । पर्यटकीय दृष्टिकोणले महत्व मानिएको तिलिचो ताललाई सहज हुने गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक खन्न थालिएको छ । ३ वर्षअघिदेखि सुरु भएको यो कच्ची सडक नमखुसम्म पुग्दैछ । जोमसोमदेखि ३ दिनको पैदलमा तिलिचो पदयात्रालाई सडकको माध्यमले दुरी न्यून गर्न थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले सडक विस्तारले तिलिचोको महत्व घटाउन खोजिएको बताए । सडक विस्तारले गन्तब्य घट्ने र प्राकृतिक स्रोत र सम्पदाको नष्ट हुने दावी गरे । उनले सडक विस्तारसँगै हिमालहरुको स्वरुप र पदमार्गहरु औचित्यहिन हुने बताए ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा रिङरोड सडक विस्तार भइरहेको छ । ढुम्बादेखि चिमाङसम्म भीर र जंगल फोडेर डोजर चलाइएको छ । घरपझोङको मार्फादेखि पुल निर्माण गरे सहजै पुग्न सकिने चिमाङलाई जोड्न पछिल्लो समय रिङरोड विस्तार गर्न थालिएको हो । सडकका लागि डोजरले बाटो खनेपछि नीलगिरि देखिने पाखो फुस्रो देखिन थालेको छ । गोर्खा भूतपूर्व सैनिक तेज थकालीले विकास पूर्वाधार सञ्चालन गर्दा वातावरण संरक्षणमा ध्यान दिनुपर्ने जनाए । उनले घरपझोङमा रिङरोड आवश्यक नपरेको बताए । उनले विकास पूर्वाधारमा जोड दिनाले कृषि र पर्यटन व्यवसायमा असर पुगेको उल्लेख गरे ।
विदेशी पर्यटकका लागि महत्वपूर्ण मानिएको नेपालकै अग्रपंक्तिको राउन्ड अन्नपूर्ण पदमार्ग हो । समयक्रमसँगै राउन्ड अन्नपूर्ण पदमार्गको महत्व घटेको छ । उपल्लो मनाङदेखि थोरङलापास हुँदै पर्यटक मुक्तिनाथ निस्कन्छन् । मुक्तिनाथदेखि ठाडो उकालो हिँडेपछि थोरलाफेदी आईपुग्छ । पर्यटन दृष्टिले महत्वपूर्ण थोरङला फेदीसम्म सडक पु¥याउन थालिएको छ । केही वर्षदेखि सडक खन्न सुरु भएको यो कार्यक्रम जनगुनासो बढेपछि रोकिएको छ । एक्यापका कार्यालय प्रमुख दाहालले थोरङलामा सडक लैजान नहुने तर्क गरे । थोरलापास पर्यटकीय हिसावले संसारमा चिनिएको र यसको प्राकृतिक नेचर बिग्रने गरी सडक विस्तार गर्दा मुस्ताङलाई नै क्षति हुने दावी गरे । यस्तै, बारागुङको छुसाङदेखि कागबेनीसम्म मुख्य राजमार्ग सडक जोडिएको छ भने छुसाङदेखि तेताङसम्म सडक जोडिएको छ । पछिल्लो समय सरकारले उपलब्ध गराएको विभिन्न पूर्वाधार विकास अन्तर्गत तेताङदेखि झोङ हँुदै मुक्तिनाथसम्म सडक विस्तारको क्रम छ । तेताङ र छुसाङका लागि मुक्तिनाथ आउजाउमा कुनै समस्या देखिन्न, तर तेताङदेखि मुक्तिनाथसम्म पदमार्ग ओझेलमा पर्ने गरी सडक विस्तार गरिएकामा एक्याप चिन्तित छ ।
उपल्लो मुस्ताङमा पनि पदमार्ग संकटमा छ । कागबेनीदेखि लोमान्थाङसम्मको पदमार्गमा ४ ठाउँमा सडकले छोएको छ । मुस्ताङ हँुदै मनाङ निस्कने ४ वटा पदमार्गमा सडक परेकाले पर्यटन व्यवसायमा असर पुग्ने देखिएको हो । पर्यटन मन्त्री योगेश भट्टराईले धार्मिक स्थल दामोदरकुण्डसम्म सडक पुग्ने बताएपछि वातावरणीय क्षेत्रमा यसको वहस सुरु हुनुपर्ने एक्यापले जनाएको छ । उक्त क्षेत्रमा पर्ने यारा, घारा र सुर्खाङ लगायतका स्थानमा सडक पु¥याउने तयारी भएकाले विकास पूर्वाधारले प्रकृति विनास गर्ने भएको स्थानीयको चिन्ता बढेको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया