साग खेलका टिकट बुकिङ शुक्रबारदेखिः साधारण सय, सिजनल ५ सय रुपैयाँ

समाधान संवाददाता
पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि अग्रिम टिकट शुक्रबारदेखि हुने भएको छ । साग सुरु हुन ३ दिन बाँकी छँदा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले अग्रिम टिकट बिक्री सुरु गर्न लागेको हो ।
टिकट व्यवस्थापनको जिम्मा स्रोत साधन परिचालन समितिले लिएको छ । समिति संयोजक सञ्जिवबहादुर कोइराराले साग खेलका लागि साधारणतर्फ सय रुपैयाँ र सिजनलतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको जानकारी दिए । ‘अग्रिम टिकट बुकिङका लागि पोखराका विभिन्न १४ ठाउँ तोकिएको छ,’ उनले भने, ‘बिच भलिबलका लागि लागि भने लेकसाइडलाई नै तोकिएको छ ।’
१३ औं साग अन्तर्गत पोखरामा महिला फुटबल र क्रिकेट, बिच भलिबल, भारात्तोलन, ह्यान्डबल, ट्रायथोलन, आर्चरी र ब्याडमिन्टन हुने तय छ । ८ खेलमध्ये महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल र आर्चरी पोखरा रंगशालामा हुने तय छ । ट्रायथोलन र बिच भलिबल लेकसाइडमा हुने छ । भारात्तोलन पोखरा १२ माटेपानीमा सञ्चालन हुने तय छ । खेल मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया