लैंगिक हिंसाविरुद्धको अभियान सुरु

समाधान संवाददाता
पोखरा
लैगिक हिंसाविरुद्धको १६ दिने अभियान २०१९ अन्तर्गत गण्डकी प्रदेश स्तरीय महिला मानव अधिकारकर्मी र महिला मानव अधिकार रक्षकको भेला भएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको व्यवस्थापन र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको समन्वयमा भएको २ दिने कार्यक्रमको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरिन् । मन्त्री पुनले सामाजिक सचेतनासहित लैगिक हिंसाविरुद्धको अभियान चलाउने बताइन् । उनले नेपाल सरकारको आह्वानमा प्रदेश सरकारले गण्डकी प्रदेशको प्रतिबद्धता, लैंगिक हिंसाविरुद्धे शून्य सहनशीलता प्रतिबद्धता २०७६ लैगिक हिंसाविरुद्धको वर्ष मनाइरहेको उल्लेख गरिन् । ‘लैंगिक हिंसा व्यक्ति, परिवार, समाज र राष्ट्रको साझा सरोकारको सवाल हो,’ मन्त्री पुनले भनिन्, ‘हिंसाबाट प्रभावितलाई सुरक्षित आवास र पुनस्र्थापनाका लागि प्रदेश सरकारले ध्यान दिएको छ ।’
सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेलले लैंगिक समानताका लागि अधिकारमा आधारित सम्मानजनक संस्कृति निर्माण गर्नुपर्ने बताइन् । कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीलले मानव अधिकारकर्मी सवनम शर्मालाई सम्मान गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. भीमा ढुंगाना, सामाजिक विकास मन्त्रालयका उपसचिव जमुना पौडेल, प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मी र अधिवक्ता इन्द्रकुमारी शर्माले सहजीकरण गरेका थिए ।
समारोहमा गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष विना सिलवाल, अधिवक्ता जानकी शर्मा, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगर लगायतले लैंगिक हिंसाविरुद्धको अभियानबारे बोलेका थिए । अभियानअन्तर्गत बाँकी कार्यक्रम कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनपछि कास्कीका गाउँपालिका र पोखरा महानगरपालिकाका वडामा सञ्चालन गर्ने महिला मानव अधिकार रक्षक सञ्चाल कास्कीका अध्यक्ष तारामाया थापामगरले जानकारी दिइन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया