१३औं साग आजबाट

विकास रोकामगर
पोखरा
दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण औपचारिक सुरुआत आइतबार हुँदैछ । काठमाडौं त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबारदेखि नै भलिबलका खेल सुरु भए पनि बिहीबार उद्घाटन हुन लागेको हो ।
१३ औं सागका विभिन्न खेल मंसिर १५ देखि २४ सम्म पोखरा, काठमाडौं र जनकपुरमा गर्ने तय छ । साग अन्तर्गत पोखरामा ८, जनपुरमा १ र बाँकी काठमाडौंमा हुने छन् । पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारत्तोलन र ब्याडमिन्टन हुनेछन् ।
पोखरामा हुने साग अन्तर्गतको पहिलो खेल ब्याडमिन्टन पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा हुनेछ । खेलको उद्घाटन स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजकसमेत रहेकी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहान ९ बजे गर्नेछिन् ।
सोमबार मंसिर १६ गते महिला क्रिकेट पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुनेछ । आर्चरी खेल महिला र पुरुषको पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा बुधबार हुनेछ । महिला फुटबल मंसिर १९ बाट सुरू भएर समापन मंसिर २४ गते हुनेछ । पोखरामा हुनेमध्ये ह्यान्डबल (महिला÷ पुरुष)को मंसिर १८ गते बाट सुरू हुनेछ । बिच भलिबल र भारोत्तोलन खेल मंसिर १९ गतेबाट पोखरामा हुनेछन् । बिच भलिबल पोखराको बाराहीघाटस्थित बिच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन पोखरा माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ ।
साग खेलमा सहभागी हुने खेलाडी तथा अफिसियललाई शनिबारबाट मात्रै पोसाक वितरण गर्न थालिएको छ । पोखरामा पोसाक ढिलो गरी आएकाले पहिलो चरणमा आइतबार खेल हुने ब्याडमिन्टन टोलीलाईमात्रै पोसाक वितरण गरिएको १३ औं साग सामग्री उपकरण तथा पोसाक व्यवस्थापन समिति पोखराले जनाएको छ । ‘बाँकी खेलाडी तथा अफिसियलका लागि अझै पोसाक आएको छैन । आएपछि क्रमैसँग वितरण गर्छौं,’ समिति संयोजक सम्पन्न श्रेष्ठले भने ।
पोखरामा हुने साग खेलका लागि खेलाडी र अफिसियलसहित ८ सय ४० जनाको टोली पोखरा आउने छन् । १३ औं साग अन्तर्गत पोखरामा हुने खेललाई सघाउन ४ सय ९१ जनाको प्राविधिक टोली पोखरा आउने भएको छ । टोलीमा खेल सञ्चालक तथा निर्णायक रहनेछन् ।
साग सुरक्षाका लागि रंगशालामा २ सय बढी स्वयंसेवक खटिएका छन् भने करिब ६ सय सुरक्षाकर्मी तथा सिसिटिभी क्यामेरा जडान गरिएको छ । रंगशालामा साग अवधिभर विभिन्न मैदानमा फ्रि वाइफाई व्यवस्था गरिएको छ ।
नेपालबाटै सुरु भएको साग
दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने सागको सुरुआत सन् १९८४ मा नेपालबाटै सुरु भएको हो । नेपालले आयोजना गरेको पहिलो सागमा एथलेटिक्स, पौडी, फुटबल, बक्सिङ र भारोत्तोलन गरी ५ खेलमात्रै सहभागी थिए । त्यतिबेला नेपालले ४ स्वर्ण जितेको थियो ।
आइतबारदेखि हुन लागेको १३ औं साग नेपालले ३५ वर्षपछि आयोजना गर्न पाएको हो । तर, यो नेपालको तेस्रो आयोजना हो । यसअघि सन् १९९९ मा दोस्रो पटक आयोजना गरेको थियो ।
सागका लागि पहिलो पटक सन् १९८२ मा दक्षिण एसियाली खेलकुद महासंघ स्थापना गरिएको थियो । सुरुआती समयमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामात्रै यसका सदस्य थिए । सन् १९८२ मा आएर भुटान र माल्दिभ्स पनि जोडिएपछि ७ राष्ट्र भएको थियो । आइतबारबाट सुरु हुने १३ औं संस्करणको सागमा २७ खेल समावेश छन् । साग इतिहासमा पहिलो पटक समावेश गराइएको प्याराग्लाइडिङमा प्रतिष्पर्धी राष्ट्र संख्या नपुगेपछि पुन हटाइएको हो ।
पोखरामा हुने खेल र खेल तालिका
खेल स्थान सुरु हुने मिति
ट्रायथोलन लेकसाइड, फेवाताल १६ गते
आर्चरी पोखरा रंगशाला १९ गते
बिच भलिबल बराहीघाट १९ गते
ह्यान्डबल पोखरा रंगशाला १८ गते
महिला क्रिकेट पोखरा रंगशाला १६ गते
महिला फुटबल पोखरा रंगशाला १७ गते
भारात्तोलन केसी क्याटरिङ, माटेपानी १९ गते
ब्याडमिन्टन पोखरा रंगशाला १५ गते









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया